करुणा फाउन्डेसन नेपालले विभिन्न अस्पतालहरुलाई सात लिटरका ४५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
कोभिड– १९ बाट संक्रमितहरुले अक्सिजनको अभावमा भोग्नु परेको समस्या कम गर्नका लागि सुदूरपश्चिम अस्पताल धनगढीलाई ५ थान, टीकापुर अस्पताल, कैलालीलाई ५ थान, लम्की अस्पताल कैलालीलाई ५ थान, महाकाली अञ्चल अस्पताललाई ५ थान दिइएको फाउण्डेसनले जनाएको छ।
त्यस्तै अछापको जिल्ला अस्पताल र बयलपाटा अस्पताललाई ५/५ थान, इच्छामनकामना अस्पताल चितवनलाई २ थान, आँबुखैरेनी स्वास्थ्य चौकी तनहुँलाई २ थान र प्रदेश १ सरकारमार्फत् भोजपुर, धनकुटा, पाँचथर, इलाम, संखुवासभा जिल्ला अस्पतालहरुलाई ३/३ थान, कोसी अञ्चल अस्पताललाई १० थान, सुनसरी जिल्ला अस्पताल इनरुवालाई ५ थान गरी जम्मा ६४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
फाण्उण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले ती स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव लक्ष्मण अर्यालको उपस्थितिमा सहयोग गरिएको बताए।
प्रकाशित: ६ जेष्ठ २०७८ ०९:४६ बिहीबार