१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा एकैदिन २६ संक्रमित थपिए

खोटाङमा एकै दिन २६ संक्रमित थपिएका छन्। शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्लामा सक्रिय संक्रमितको संख्या ११८ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५३ जना, साकेला गाउँपालिकामा २३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १६ जना, ऐसेलुखर्क गाउँपालिकामा १२ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।  

साकेला गाउँपालिकामा संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षणमा पठाइएकामा ११ जनालाई संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणका लागि वैसाख २२ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा नमूना पठाइएकामा शुक्रबार रिपोर्ट आएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए।

शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरपालिकाले गरेको एन्टिजेन परीक्षणबाट ७ जना र जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट दुई जनालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App