२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर र मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा

सार्क राष्ट्रहरुमा फैलिरहेको कोभिड १९ को संक्रमण र संक्रमणका कारण मृत्यु भएको तथ्यांकका हिसाबले नेपाल दोस्रो स्थानमा परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।

तथ्यांक अनुसार माल्दिभ्समा २२ दशमलब ८ प्रतिशत सक्रिय संक्रमित छन् भने नेपालमा १९ दशमलब ७ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा १७ प्रतिशत सक्रिय संक्रमित छन्। श्रीलंकामा १४ दशमलब ९, भुटानमा ११ दशमलब ४, पाकिस्तानमा ९ दशमलब ८, अफगानिस्तानमा ७ दशमलब ८ र  बंगलादेशमा ७ दशमलब २ प्रतिशत कोरोनाका संक्रिय संक्रमित छन्।

त्यस्तै अफगानिस्तामा सबैभन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्। त्यहाँ सक्रिय संक्रमितमध्ये ४ दशमलब ४ को ज्यान गइरहेको छ भने नेपालमा २ दशमलब २ प्रतिशतले ज्यान गुमाइरहेका छन्। मृत्युका हिसाबले पनि सार्क राष्ट्रहरुमा नेपाल दोस्रो स्थानमै देखिएको छ।

मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दरका हिसाबले बंगालदेश सबैभन्दा अघि छ । त्यहाँ संक्रमणमुक्त हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ। त्यस्तै भुटानमा सो प्रतिशत ८८.५, पाकिस्तानमा ८८ प्रतिशत, श्रीलंकामा ८४.५ रहेको छ भने नेपालको ७९.४ प्रतिशत रहेको छ।

प्रकाशित: २९ वैशाख २०७८ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App