२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

गृह मन्त्रालयले आफूसँग भएको अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको छ। बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयले विज्ञप्तिमार्फत् कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन बढ्दै गएकोले चुनौतीपूर्ण बन्दै गएको संक्रमण व्यवस्थापनका लागि अक्सिजन सिलिण्डरको आवश्यकता भएको जनाएको छ।  

हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्वसनीय तुल्याउनु पर्नेमा जोड दिँदै मन्त्रालयले अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय सक्रियताका साथ लागि परेको दाबी गरेको छ।

मन्त्रालयले अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको जनाउँदै शुक्रबारमात्रै १ हजार ८ सय १६ थान अक्सिजन सिलिण्डर संकलन भएको बताएको छ।

स्वतःस्फुर्त रुपमा जम्मा भएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिने पनि जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७८ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App