१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल घट्यो

गत चैतदेखि कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारमा खटिएका जिल्लाका स्वास्थ्यकर्मीले जोखिम भक्ता पाउन सकेका छैनन् । अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाउँदा मनोबल समेत घटेको सरोकारवालाले बताएका छन् ।

आइतबार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी सरोकारवालाहरुले सरकारले घोषणा गरेको जोखिम भक्ता नपाएकै कारण स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको बताएका हुन् । कार्यक्रममा उपस्थित जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि र सरोकारावालहरुले सरकारले निर्णय गरे अनुसारको खोजिम भत्ता अझैसम्म पनि पाउन नसकिदा स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आएको निष्कर्ष निकालेका छन् ।  

जिल्लाका १०  स्थानीय तहमध्ये दरशथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकामा मात्रै जोखिम भत्तावापतको रकम आएको छ । महामारी नियन्त्रणमा रातदिन नभनी खटिएका स्वास्थ्यकर्मीले सरकारले नै निर्णय गरेको भत्ता नदिँदा स्वास्थ्यकर्मीलाई काममा लगाउन समस्या भएको सिगास गाउँपालिकाका अध्यक्ष हरीसिह धामीले बतथाए । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पनि स्वस्थ्यकर्मीले पाउने जोखिम भत्ता अझैसम्म नआउँदा समस्या भएको जानकारी दिए । जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो जोखिम भत्तासमेत नदिँदा समस्या हुन थालेको स्थानीय तहले बताएका छन् ।

२४ स्वास्थ्यकर्मी संक्रमित

कोरोनाको दोस्रो लहर फैलिएसँगै अग्रपंक्तिमा खटिने बैतडीका २४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसिआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीको अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताए । कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुनथालेपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।

प्रकाशित: १९ वैशाख २०७८ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App