६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘बिएन्डसी मेडिकल कलेज चिकित्सा शिक्षा ऐनविपरीत छैन’

बिएन्डसी मेडिकल कलेज सञ्चालन चिकित्सा ऐनविपरीत नभएको कलेजका सञ्चालक दुर्गा प्रसाईंले दाबी गरेका छन्। तत्कालीन नेपाल सरकारको अनुमति र चिकित्सा शिक्षा ऐन २०७५ भित्र रहेर सम्बन्धन प्रक्रिया अघि बढेको बताए। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन्।  

प्रसाईंले काठमाडौं ऐनअनुसार उपत्यकाभित्रको हकमा १० वर्षका लागि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने व्यवस्था ऐनमा रहे पनि उपत्यका बाहिरको हकमा लागु नभएकोले बिएन्डसी मेडिकल कलेजले सञ्चालनको प्रक्रिया अघि बढेको बताए। सोही क्रममा काठमाडाैं विश्वविद्यालयले सम्बन्धन प्रक्रिया अघि बढाइरहेको उनको दाबी छ।  

सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसअघि नै माघको दोस्रो साता सर्वोच्च अदातले अन्तरिम आदेश जारी गरी सञ्चालन प्रक्रिया कायम राख्न आदेश दिएकाले सम्बन्धन प्रक्रिया अघि बढिरहेको बताए। सर्वोच्च अदालतले कलेज सम्बन्धन प्रक्रिया अघि बढेको बताए। काठमाडाैं विश्वविद्यालय सभाको २०७७ फागुन १२ को बैठकले बिएन्डसी मेडिकल कलेजको लागि एमबिबिएस कार्यक्रम सञ्चालन कार्यक्रम तथा रिसर्च सेन्टरको रूपमा कार्यक्रम सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।  

प्रसाईंले राज्यले मेडिकल कलेजबाट बर्सेनि करोडौं कर चुक्ता गरिसकेको र १५ सय जनालाई रोजगारी दिएको, राजधानीदेखि टाढा रहेको र सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र कलेज सञ्चालन भएकोले रोक्नुपर्ने आवश्यकता नभएको तर्क गरे। २०६८ देखि नै अनुमति प्रक्रिया अघि बढाएरै अहिलेको अवस्थामा पुगेको र अर्बौंको लगानी भएको मेडिकल कलेजलाई राज्यले समेत रोक्न नहुने उनको कानुनी सल्लाहाकार अधिवक्ता राजेश काफ्लेले बताए।  

प्रसाईंले स्वदेशमै शिक्षा तथा स्वास्थ्य र रोजगारी जस्ता पक्षमा काम गर्न अघि बढिरहे पनि केही मिडियाले कुरा नबुझी गाली बेइज्जती गरेकोमा आपत्ति जनाए। नकारात्मक आलोचनासँग बिचलित नभई आफू निरन्तर उद्यमशिलतामा अघि बढिरहेको भन्दै उनले यही क्रममा मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी उत्पादन ल्याउन लागेको बताए।

प्रकाशित: ६ चैत्र २०७७ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App