४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

केन्द्रीय कारागारका दुई हजार ७ सय कैदीबन्दीलाई कोरोना खोप

सरकारले केन्द्रीय कारागारका दुई हजार ७ सय३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ। सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो।  

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३ सय३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७ सय३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए। 'कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ', राईले भने।  

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन्। केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन्। देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ। उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ। 

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो। तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए। रासस

प्रकाशित: २९ माघ २०७७ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App