२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाँच शय्याको अस्पताल सञ्चालन

अस्पताल उद्घाटन पछि सेवा दिँदै स्वास्थ्यकर्मी। तस्बिर : नागरिक

जिल्लाको जगन्नाथ गाउँपालिकाले अस्पताल सञ्चालन गरेको छ। गाउँपालिका भित्रै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले ५ शड्ढयाको अस्पताल सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए। गाउँ सभाले गरेको निर्णय अनुसार चिकित्सवबाटै सेवा उपलब्ध गराउने गरी अस्पताल सञ्चालन गरिएको हो। कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार नै ५ शड्ढयाको अस्पताल सञ्चालनमा ल्याएको गैरेले जानकारी दिए।

अस्पतालको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले उद्घाटन गरेका छन्। जगन्नाथ गाउँपालिका जिल्लाकै दुर्गम र भौगोलिक रूपमा समेत विकट मानिन्छ। कालिकोटसँग सीमा जोडिएको यस गाउँपालिकामा ६ वटै वडाको पायक पर्ने स्थानमा अस्पताल सञ्चालन गरिएको छ। एक जना चिकित्सक रहने गरी अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए। गाउँपालिकाले आफ्नै स्रोतमा रही चिकित्सकको दरबन्दी सिर्जना गरेर अस्पताल सञ्चालन गरेको उनको भनाइ छ।

सामान्य उपचारका लागि चार घन्टाको पदैल हिडेर कोल्टी जानु पर्ने र स्वास्थ्यकर्मी नभएको बेला महँगो भाडा तिरेर नेपालगन्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता हटाउन कै लागि अस्पताल सञ्चालन गरिएको अध्यक्ष शाहीको भनाइ छ। अस्पताल सञ्चालनका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेको थियो। त्यो मध्ये अस्थायी अस्पताल भवन निर्माणका लागि ६ लाख रकम खर्च भएको छ। गाउँपालिकाले नै डाक्टर जस्मिता बलमपाकीलाई नियुक्त गरेर सेवा सुरु गरेको छ।

माघ २१ गतेबाट उपचार सेवा समेत सुचारु गरिएको छ। अस्पताल सञ्चालनमा आएकै दिन १० जना बिरामीले सेवा लिएका छन्। कोभिड विशेष अस्पताल भनिए पनि गरिब, अति विपन्न परिवारको स्वास्थ्य सेवामा सुलभ र सहज पहुँचका लागि अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष ऐना गिरीले बताइन्।

गाउँपालिकाको केन्द्रमा नियमित ओपिडी, ड्रेसिङ, आइ एण्ड डी, कोरोनाको चेकजाँच र बेड भर्ना सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। गाउँपालिकाले अस्पताल सञ्चालन गर्न ‘करार पदपूर्ति सुविधा सम्बन्धी कार्यविधि २०७७’ पारित गरी १ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीलाई नियुक्त गरेर सेवा सञ्चालन गरेको छ।

जगन्नाथ गाउँपालिकामा अस्पताल सञ्चालनमा आएसँगै छिमेकी गाउँपालिका हिमाली, स्वामिकात्र्तिक खापर र कालिकोट जिल्लाका स्थानीयले पनि सेवा पाउने भएका छन्। एक महिना भित्र प्रयोगशाला (ल्याव र एक्सरे) सुविधा पनि सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ।

नेपाल सरकारले जगन्नाथ गाउँपालिकामा १० शैड्ढयाको अस्पताल सञ्चालनका लागि स्वीकृत दिएको छ। उक्त अस्पताल सञ्चालनका लागि भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकेकोले त्यसैसँग जोड्ने योजना गाउँपालिकाको छ। अस्पताल सञ्चालनपछि स्थानीय खुसी भएका छन्।

प्रकाशित: २५ माघ २०७७ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App