२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रुसको सुझाव : कोरोना खोप लगाउनेले रक्सी पिउन मिल्दैन

रुसले पनि चाँडै कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गर्ने भएको छ।  

रुसले आफूले विश्वमै पहिले कोरोनाविरुद्ध सफल स्पुतनिक-भी खोप बनाएको यसअघि नै दाबी गरेको छ।  

त्यही खोप नागरिकलाई लगाउने अभियान रुसले सुरु गर्ने भएको हो। त्यसका लागि त्यहाँका स्वास्थ्य अधिकारीले चेतावनी जारी गरेका छन्।  

उनीहरूले खोप लिने नागरिकलाई कम्तीमा ४२ दिनसम्म अल्कोहल (रक्सी) बन्द गर्नुपर्ने सुझाव दिएका हुन्। खोपको दुई डोज ४२ दिनभित्र दिइन्छ।  

यसैकारण रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोवाले एक अन्तर्वार्तामार्फत खोप लगाउने नागरिकलाई कम्तीमा ४२ दिन सतर्कता अपनाउन आग्रह गरेका छन्।  

त्यसअन्तर्गत भीडभाडबाट बच्ने, मास्क तथा सेनिटाइजर लगाउने, अल्कोहल एवं रोग प्रतिरोधी क्षमता विकासमा बाधा पुर्‍याउने कुनै औषधिसमेत नखान उनले आग्रह गरेका छन्।  

रुसका उपभोक्ता सुरक्षा प्रमुख ऐना पोपोवाले पनि खोपका दुवै डोज लिने बेला ४२ दिनसम्म अल्कोहल बन्द गर्न सल्लाह दिएका छन्। उनले भनेका छन्, ‘खोपले राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने ४२ दिनसम्म रक्सी पिउन मिल्दैन।’  

स्पुतनिक–भी खोप नै विकास गर्ने अलेक्जेन्डर गिट्सबर्गले भने सरकारी भनाइभन्दा फरक मत राखेका छन्। उनले खोप लिनु अघि र पछि ३–३ दिनसम्म मात्र अल्कोहल खान नहुने बताएका छन्।  सबै खोपमा यही नियम लागू हुने उनको दाबी छ। स्राेत : दैनिक भास्कर

प्रकाशित: २८ मंसिर २०७७ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App