७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा केयर सेन्टर निर्माण कार्य अन्तिम चरणमा, निःशुल्क उपचार गरिने

विराटनगरमा १ सय शैय्याको निर्माणाधीन ‘नागरिक केयर सेन्टर’को काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमतिको उपचार अभावमा मृत्यु हुन थालेपछि केयर सेन्टरको निर्माण थालिएको हो।  

निजी क्षेत्रको सहकार्यमा प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा नागरिक केयर सेन्टरको निर्माण थालिएको हो। कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको परिसरमा निर्माण हुँदै गरेको केयर सेन्टरमा १ सय शैय्यासहित अक्सिजनको व्यवस्था गरिएको छ।    

‘निर्माणाधीन केयर सेन्टर यसै सातादेखि सञ्चालनमा हुने र यसमा भेन्टिलेटरसहितको सेवा सुविधा दिइने छौं,’ प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘झापाको मेचीनगर अस्पतालमा पनि ५० शैय्याको भेन्टिलेटरसहितको उपचार केन्द्र निर्माण कार्य भइरहेको छ।’

‘तिहार पूर्व नै केयर सेन्टर सञ्चालनमा ल्याउनका लागि निर्माणको काम तीव्र परेका छौं,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘यहाँ नागरिकले निःशुल्क रूपमा सेवा सुविधा प्राप्त गर्ने छन्। भौतिक संरचनासहित सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र प्रदेश सरकारले जनशक्ति सेवा सुविधासहित सञ्चालन गर्ने सहमति भएको छ।’

केयर सेन्टरमा ७५ वटा जेनरल शैय्या र २५ वटा एचडियुसहितको हुनेछ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले केयर सेन्टरका लागि २० वटा शैय्या उपलब्ध गराएका छन् भने उनले यसअघि प्रदेश सरकारको कोभिड १९ जनसुरक्षा कोषमा ११ लाख रुपैयाँ र महानगरले खरिद गरेको पिसिआर मेसिनका लागि ७ लाख रुपैयाँ दिएका छन्। यसअघि महानगरपालिकाको पहलमा कोसी अस्पताललाई पिसिआर मेसिन, आरएनए एक्ट्रक्सन मेसिन उपलब्ध गराएसँगै पिसिआर परीक्षणको रिपोर्ट चाँडै उपलब्ध हुन थालेको छ।  

यस नागरिक केयर सेन्टर निर्माण प्रदेश १ सरकार, महानगरपालिका र निजी क्षेत्रको सहकार्य रहेको छ।

प्रकाशित: २३ कार्तिक २०७७ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App