coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

क्षयरोगीमा गम्भीर बन्दै औषधि प्रतिरोध समस्या

क्षयरोगीमा देखिएको औषधि प्रतिरोधी समस्याले नेपालमा हरेक वर्ष १७ हजार जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङका क्रममा बुधबार केन्द्रका डा. नवीनप्रकाश शाहले क्षयरोगीमा औषधि प्रतिरोधी क्षमता वृद्धि भइरहेको औंल्याएका हुन्।

एकपटक क्षयरोग लागेका व्यक्तिले सही तरिकाले सही मात्रामा औषधि प्रयोग नगर्दा क्षयरोग बल्झिने अवस्थालाई औषधि प्रतिरोधी समस्या भनिन्छ। यस्ता बिरामीमा पुनः औषधि प्रयोग गर्दा रोग सजिलै निको हुँदैन। नेपालमा सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्क वितरण गरे पनि बिरामीले समय मिलाएर आवश्यक सबै मात्रा सेवन नगर्दा यस्तो समस्या देखिएको हो।

सन् २०१९ को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष क्षयरोगका १५ सयजना बिरामीमा औषधि प्रतिरोधी समस्या देखिने गरेको छ। हाल नेपालमा ३२ हजार ४३ जना क्षयरोगी उपचारमा रहे पनि ५४ प्रतिशत क्षयरोगी उपचारबाहिर छन्। यस कारण साँझपख ज्वरो आउने, खाना नरुच्ने, तौल घट्दै जाने र खोकी लाग्ने समस्या रहिरहेमा तुरुन्तै नजिकको स्वास्थ्यकेन्द्रमा गई क्षयरोग परीक्षण गर्न डा. शाहले सुझाए।

राष्ट्रिय क्षयरोग कार्यक्रमले ६ सयभन्दा बढी माइक्रोस्कोपिक सेन्टर र ४ हजार डट्स (क्षयरोग केन्द्र) बाट क्षयरोगीको उपचार भइरहेको जनाएको छ। डा. शाहले अहिले कोभिड १९ को महामारीका क्रममा क्षयरोगीको उपचारमा समस्या आउने भएकाले उनीहरुलाई घरैमा औषधि लगेर सेवन गर्न र नियमित स्वास्थ्य परीक्षणका लागि अनुरोध गरे। उनले भने, ‘क्षयरोग र कोभिड १९ को समस्या मिल्दाजुल्दो छ। दुवै श्वास–प्रश्वासका माध्यमबाट सर्छन्।’

प्रकाशित: ६ कार्तिक २०७७ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App