५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘मानिसको उमेर शरीरका अंगले निर्धारण गर्छन्’

टोम गार्मेसन  

टर्कीकी १९ वर्षीया युवतीलाई तत्काल कलेजो प्रत्यारोपण गर्नुपर्ने थियो। उनमा ‘हेपाटिक इन्सेफालोप्याथी’ विकास भई रगतमा विषाक्त पदार्थ फैलिएर मस्तिष्कमा असर गर्न थालिसकेको थियो। कलेजोले पूर्ण रूपमा काम गर्न छाड्नुअघि नै डाक्टरले उनलाई बचाउन आवश्यक थियो। समय घर्किरहेका कारण उनको तत्काल प्रत्यारोपण आवश्यक थियो। उनका लागि हालसालै मृत्यु भएकी ९३ वर्षकी महिलाको कलेजो उपलब्ध थियो, जसमा परजीवी संक्रमणका कारण सिस्ट (फोका) बढेको थियो। प्रत्यारोपणका लागि पनि त्यो अंग बूढो थियो, १९ वर्षीया युवतीलाई सुहाउँदो थिएन।

तत्काल अर्को विकल्प नभएपछि डाक्टरले प्रत्यारोपण अगाडि बढाए। सन् २००८ मा टर्कीको इनोनु विश्वविद्यालय अन्तर्गतको कलेजो प्रत्यारोपण इन्स्टिच्युटमा भएको प्रत्यारोपण सफल भयो। कलेजो प्रत्यारोपण गर्ने युवतीले ६ वर्षपछि छोरी जन्माइन्, जतिबेला उनी २६ वर्षकी थिइन्। तर उनको शरीरमा रहेको कलेजोले १००औं जन्मदिन मनाउँदै थियो।

हाम्रा हजुरबा–हजुरआमाको उमेर बराबरको कलेजो हामीभित्र रहँदा कस्तो होला ? यथार्थ यो हो कि हाम्रा शरीरका केही अंग हामीभन्दा बढी बाँच्न सक्छन् भने केही अंग छिटो बूढा हुन्छन्। त्यसैले जन्मदिनमा हामी कति वर्ष भयौं भन्ने महत्वपूर्ण होइन, हाम्रा अंग र तन्तुको उमेर हिसाब गरेर मात्र हामीले सही उमेर भन्न सक्छौं। दीर्घायु अनुसन्धान क्षेत्रमा चाखलाग्दो विषय यो छ कि हाम्रो सही उमेर हामीले सोचेजस्तो त्यति महत्वपूर्ण हुँदैन। वास्तवमा जन्मेको वर्षका हिसाबले गणना हुने उमेर र शरीरका अंगका हिसाबले तय हुने ‘जैविक उमेर’ मा हुने फरकलाई अनुसन्धानकर्ताले अध्ययन गरेका छन्। यी दुई अंक एकापसमा सम्बन्धित त छन् तर यी सधैं मिल्दैनन्। हामीलाई थाहा छ, अस्वस्थ खाना र अनिद्राले हामीलाई असमयमै बूढो बनाउँछ।  

जन्मदिनमा हामी कति वर्ष भयौँ भन्ने महत्वपूर्ण होइन, हाम्रा अंग र तन्तुको उमेर हिसाब गरेर मात्र सही उमेर भन्न सक्छौं।

‘उमेर ढल्कँदै जानु शरीरको एउटा स्वाभाविक प्रक्रिया हो तर यसको गति मानिसअनुसार फरक हुन्छ। हाम्रो शरीरमा हुने क्षयीकरणलाई समग्र रूपमा बुझ्न आवश्यक छ, तर यसले सम्पूर्ण सत्यलाई उजागर गर्दैन’, अध्ययनले देखाएको छ, ‘वंशानुगत गुण, जीवनयापन तथा वातावरणीय कारकको समिश्रणले हाम्रो शरीर कति छिटो बुढ्यौलीतर्फ उन्मुख हुन्छ भन्ने निर्धारण गर्छ।’ तर यी कारकले हाम्रा शरीरका सबै अंगलाई एक समान हिसाबले प्रभाव पार्दैनन्। एक अध्ययनका अनुसार हामी ३८ वर्षको लक्का जवान हँुदा हाम्रो मिर्गौलाको उमेर ६१ वर्षको मानिसको जस्तो पाको भइसकेको हुन सक्छ। सँगसँगै अनुहारको चाहुरीपना र कपाल झरेको हिसाबले हामी ८० वर्ष हुँदा हामीसँग ४० वर्ष उमेरको जस्तो मुटुको धड्कन हुन सक्छ। अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका आनुवंशिक विज्ञ माइकल स्नाइडर यसलाई कारस“ग तुलना गर्छन्। उनी भन्छन्, ‘समयस“गै कारको कार्य प्रणालीमा ह्र्रास आउँछ। तर कारका कुनै पुर्जा अरुभन्दा छिटो बिग्रन्छन्।  

त्यसैले दीर्घायु तथा स्वस्थ रहन हाम्रो जैविक उमेर थाहा पाउनु महत्वपूर्ण हुन्छ। तर हाम्रा सबै अंग समान छैनन् भन्ने हामीले बुझ्न जरुरी छ। त्यसो त कुनै अंगको ‘बायोलोजिकल एज’ आकलन गर्न सजिलो छैन। विभिन्न वेबसाइटले मुटु तथा फोक्सोलगायत शरीरका अंगको उमेर आकलन गर्न क्याल्कुलेटर नै बनाएका छन्। तर खास उमेर निक्र्योल गर्न ती अंगका तन्तुको संरचना, कोशीय संरचना तथा आनुवंशिक स्वास्थ्यको बृहत परीक्षण आवश्यक छ।  

प्रत्यारोपणका हसाबले ४० वर्षपछिका मुटु र आमाशयको सफलताको दर कम हुन्छ, तर उमेरगत हिसाबले फोक्सो प्रत्यारोपणमा त्यति प्रभाव परेको देखिँदैन। दाता ६५ वर्ष हुँदासम्म फोक्सोको प्रत्यारोपण सफल देखिएको छ। दाताको उमेरको कुनै प्रभाव नहुने मानव अंग आँखाको नानी पनि हो।

‘सहरमा अथवा अत्यधिक प्रदूषण रहेको वातावरणमा फोक्सो बढी उमेरको पाइएको छ। जीवनयापनका अन्य विभिन्न कारकतत्वले बुढ्यौली निर्धारण गर्छन्। हामीले के खान्छौं, कसरी खान्छौं, कसरी सुत्छौं र कहिले सुत्छौं जस्ता कुराले हाम्रा अंगलाई प्रभाव पारेका हुन्छन्। तर यो विषयमा सबै कुरा थाहा भइसकेको छैन। सूक्ष्मस्तरमा मानव अंगको उमेरको अवधारणा पनि प्रस्ट छैन। मानव अंग बन्न आवश्यक कोशिका केही समयपछि नियमित रूपमा प्रतिस्थापन हुने गर्छन्, त्यसले विभिन्न तन्तु निश्चित समयमा ‘रिजेनेरेट’ हुन्छन्।

बेलायतको लिभरपुल विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार, मानव अंगको सापेक्षिक जटिलता र उनीहरूलाई आफ्नो काम गर्न रक्तनलीमा रहने निर्भरताजस्ता कारक तत्वले प्रत्यारोपणको उमेरगत सफलतालाई निर्धारण गर्छ। ती अनुसन्धानकर्ताका भनाइमा उमेर अनुसार मानिसका अंगको रक्तनली तथा उपनलीमा हुने परिवर्तनका कारण उमेरसँग सम्बन्धित शिथिलता जोडिएका हुन्छन्। प्रत्यारोपणसँग सम्बन्धित तथ्यांकले पनि निश्चित अंगको उमेरको उपल्लो सीमा कति हो भनेर यकिन गर्न सकेका छैनन्। उदाहरणका लागि कलेजोको पुनर्याेजी (रिजेनेरेटिभ) क्षमता हुन्छ। आफ्नो कलेजोको दुईतिहाइ हिस्सासम्म सर्जरीमार्फत निकालेका बिरामीले एक वर्षभित्रै कलेजोको पूर्ववत आकार पाउन सक्छन्। पछिल्ला वर्षमा भएको सफल प्रत्यारोपणलाई हेरेर केही अनुसन्धानकर्ताले ९० देखि ९९ वर्षका मानिस कलेजोका सम्भावित दाता हुन सक्ने दाबी गर्छन्। केही अनुसन्धानकर्ताले प्रत्यारोपण गरिएका कलेजोको उमेर सय वर्ष भएका निश्चित बिरामीलाई निगरानी गरिरहेका छन्।

मानिसका निश्चित अंग जीवनयापनस“ग बढी संवेदनशील हुने गर्छन्। फोक्सो र प्रदूषणको अन्तर्सम्बन्ध रहेको पाइएको छ। लन्डनको किंग्स कलेजका रिचार्ड सिओ भन्छन्, ‘सहरमा अथवा अत्यधिक प्रदूषण रहेको वातावरणमा फोक्सो बढी उमेरको पाइएको छ। जीवनयापनका अन्य विभिन्न कारकतत्वले बुढ्यौली निर्धारण गर्छन्। हामीले के खान्छौं, कसरी खान्छौं, कसरी सुत्छौं र कहिले सुत्छौं जस्ता कुराले हाम्रा अंगलाई प्रभाव पारेका हुन्छन्। तर यो विषयमा सबै कुरा थाहा भइसकेको छैन। सूक्ष्मस्तरमा मानव अंगको उमेरको अवधारणा पनि प्रस्ट छैन। मानव अंग बन्न आवश्यक कोशिका केही समयपछि नियमित रूपमा प्रतिस्थापन हुने गर्छन्, त्यसले विभिन्न तन्तु निश्चित समयमा ‘रिजेनेरेट’ हुन्छन्। तर, त्यसको दर फरक–फरक हुन्छ। शिरा तथा धमनीमा बग्ने रातो रक्तकोश सरदरमा चार महिनासम्म प्रवाह हुन्छ। तर, पेटका कोश केही दिनमै प्रतिस्थापित हुन्छन्। त्यसो त दिमागका कोश अर्थात् न्युरोन जति बुढ्यौली लागे पनि प्रतिस्थापित हुँदैनन् र यिनको उमेर हाम्रो शरीरको उमेरस“ग तादात्म्यता राख्छन्।  

सन् २०१९ मा ‘साल्क इन्स्टिच्युट अफ बायोलोजिकल स्टडिज’ले मुसामा अध्ययन गरेको थियो। जसले न्युरोन मात्र नभई, कलेजो र आमाशयका कोश पनि मुसाकै उमेरका रहेको देखाएको थियो।

वैज्ञानिकले अहिले प्रौढ मानिसको स्वास्थ्यका लागि ध्यान दिएका छन्। युनिभर्सिटी कलेज लन्डनको एक अनुसन्धान अनुसार, रपामाइसिन, मेटाफोर्मिन तथा लिथियमजस्ता औषधि प्रयोगले रोग लाग्ने उमेर पछि धकेल्न र बुढेसकाल आइपर्ने केही स्वास्थ्य समस्या निदान गर्न सक्ने देखिएको छ। तर, यी औषधिले बुढ्यौलीका अनेकन लक्षणलाई रोक्न भने सक्दैनन्।  

बुढ्यौलीलाई थेग्न हाम्रा अंगको फरक प्रस्तूति भए पनि सबै अंग बिस्तारै कमजोर र ढिला हुँदै जान्छन्। तर, नयाँ अध्ययनले कुनचाहिँ अंग सबैभन्दा पहिला कमजोर अथवा ढिला हुन्छ भन्न सकिने देखाएका छन्। सन् २०२० मा स्टानफोर्ड विश्वविद्यालयको एक अनुसन्धान टोलीले बुढ्यौलीलाई प्रभाव पार्ने शरीरका ८७ वटा अणु तथा जीवाणुलाई ‘बायोमार्कर’का रूपमा पत्ता लगाएर विभिन्न स्वयंसेवीमा दुई वर्षसम्म परीक्षण गरेको थियो। सो अध्ययनले बुढ्यौलीका लागि मिर्गौला, मुटु, कलेजो, मेटाबोलिक तथा प्रतिरक्षा प्रणालीको महत्वपूर्ण हात रहने देखाएको थियो। अध्ययन टोलीका सदस्य माइकल स्नाइडरका अनुसार, व्यायाम र उपयुक्त भोजने समग्रमा राम्रो गरे पनि मुटु र मिर्गौला कमजोर रहेमा अन्य निर्देशित रणनीतिको अवलम्बन गर्नुपर्ने हुन्छ।  

त्यसो त पछिल्ला वर्षमा भएका प्रविधिको विकासले वैज्ञानिकलाई ‘बायोलोजिकल एज’को आकलन गर्न सजिलो पारेको छ। यसमा डिएनएमा हुने स्थायी परिवर्तन अर्थात् ‘मेथाइलेसन’ एक हो। यो प्रविधिअन्तर्गत विभिन्न वंशाणुलाई सक्रिय तथा निष्क्रिय पारिन्छ र हाम्रो जीवनयापन तथा वातावरणले डिएनएमा पर्ने प्रभावलाई अध्ययन गर्ने गरिन्छ। यो प्रविधिले विभिन्न तन्तुको ‘बायोलोजिकल एज’ तुलना गर्न समेत सहयोग गर्छ। पछिल्ला अध्ययनले महिलाको स्तनका तन्तुमा छिटो बुढ्यौली लाग्ने देखाएका छन्।  

वैज्ञानिकले अहिले प्रौढ मानिसको स्वास्थ्यका लागि ध्यान दिएका छन्। युनिभर्सिटी कलेज लन्डनको एक अनुसन्धान अनुसार, रपामाइसिन, मेटाफोर्मिन तथा लिथियमजस्ता औषधि प्रयोगले रोग लाग्ने उमेर पछि धकेल्न र बुढेसकाल आइपर्ने केही स्वास्थ्य समस्या निदान गर्न सक्ने देखिएको छ। तर, यी औषधिले बुढ्यौलीका अनेकन लक्षणलाई रोक्न भने सक्दैनन्। अन्य विशेषज्ञ भने ‘बुढ्यौली रोक्न उपचारको तन्तुजन्य प्रभाव रहने भएकाले विभिन्न अंगलाई बुढ्यौलीले कसरी प्रभाव पार्छ भन्नेमा थप अध्ययन आवश्यक रहेको’ ठान्छन्।

शरीरका हरेक अंगको बुढ्यौलीका आ–आफ्नै प्रकृति भए पनि यी सबैको अध्ययन आवश्यक रहेको धारणा लन्डनको किंग्स कलेजका रिचार्ड सिओ व्यक्त गर्छन्। उनी भन्छन्, ‘फरक–फरक प्रकृतिका भए पनि यी सबै एक–आपसमा जोडिएका छन्। एउटा बुढ्यौलीतिर उन्मुख हुँदा अर्कालाई पनि प्रभाव पर्छ।  

तपाईंका जोर्नीमा जलन छ भने त्यसले दिमाग र मुटुलाई समेत असर गर्छ। हरेक अंगको बुढ्यौलीका आफ्नै प्रक्षेपण हुन्छ। तर, सबैको एकआपसमा अन्तर्सम्बन्ध छ।’
(बिबिसीबाट)

प्रकाशित: १७ असार २०७७ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App