९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ

अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको शीतगंगा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।  

उनी शीतगंगा–५, जुकेना गल्दास्थित हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरिएको थियो ।  

अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका अनुसार त्यसको रिपोर्ट नआउँदै मंगलबार राति उनले आत्महत्या गरेका थिए । उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको र पोजिटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । योसँगै आजै जिल्लामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।  

प्रकाशित: ३ असार २०७७ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App