२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीमा ४ सय ७० जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सिन्धुली- सिन्धुलीमा हालसम्म ४ सय ७० जनाको आरडिटी जाँच गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस परीक्षणका लागि जिल्लाभर आरडिटी परीक्षणलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

३ सय ८२ जना पुरुष र ८८ जना महिलामा आरडिटी परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा सुरुवातमा विदेशबाट आएकाको परीक्षण गरिएको थियो भने अन्यको समेत परीक्षण भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

यसका अलवा क्वारेन्टाइनमा बस्ने र अस्पतालमा आउने केहि विरामीको समेत आरडिटी परीक्षण भएको छ । सिन्धुली जिल्लाभर हालसम्म २ सय २० ओटा क्वारेन्टाइन निर्माण भएको छ भने जिल्लाका विभिन्न स्थानमा ३३ ओटा आइसोलेसन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । हाल क्वारेन्टाइनमा तीन जना पुरुष रहेका छन् ।

जिल्लाले ६ सय किट प्राप्त गरेको भएपनि त्यो पर्याप्त नभएकाले किट प्राप्त गर्नका लागि पहल भइरहेको छ, प्रजिअ पाण्डेले भने, आरडिटीका लागि जिल्लामा ६ सय ओटा किट प्राप्त भएको थियो, प्राप्त किट प्रयोग भइरहेको छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अपुग रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले बताए । 'विभिन्न निकायबाट प्राप्त भइरहेको छ, खासगरि हामीलाई नगद सहयोग भन्दा पनि स्वास्थ्य सामाग्री सहयोग गरिदिए ठूलो सहयोग हुन्छ', उनले भने ।

 

प्रकाशित: १२ वैशाख २०७७ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App