३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गोसाइँकुण्डले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्दै

रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्ने भएको छ । गाउँपालिकाले दीर्घरोगीको घरमै औषधि पुर्‍याउने छ । गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दीर्घरोगीका लागि औषधि खरिद प्रक्रिया अघि बढाएको छ ।

पहिलो चरणमा दीर्घरोगीको तथ्यांक संकलन गरेको गाउँपालिकाले औषधि खरिदलाई अघि बढाएको छ । गाउँपालिकाभित्र चार सय दीर्घरोगी रहेको तथ्यांक छ । उनीहरूका लागि पाँच सय प्रकारका औषधि खरिद गर्नुपर्छ । लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पुर्‍याउनका लागि विवरण संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

दीर्घरोगीको तथ्याङ्क संकलन गरेर औषधि खरिद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । गाउँपालिकाभित्र रहेका नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई निःशुल्क रूपमा औषधि घरमै पुर्‍याइने छ । मुटु रोगी, किड्नीको समस्या, दम, उच्च रक्तचाप, मधुमेह तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिलाई केही दिनभित्रै औषधि पुर्‍याइने छ ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App