५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

इटहरी अस्पतालबाट कोरोनाको र्‍यापिड टेस्ट सुरु

इटहरी- कोरोना संक्रमण आशंका गरिएकाको मंगलबारदेखि इटहरी अस्पतालमा परीक्षण सुरु भएको छ। परीक्षणका दायरा बढाउनका लागि इटहरीबाट परीक्षण सुरु गरिएको हो।

समुदायमा संक्रमण छ/छैन हेर्नका लागि दायरा बढाउन आरडिटी (र्‍यापिड टेस्ट) परीक्षण थालिएको हो। इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशबाट इटहरी आएका र क्वारेन्टाइनमा राखिएकाको रगतबाट परीक्षण गरिनेछ। मंगलबार झन्डै सय जनाको नमूना लिएकोमा ५९ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ रिजल्ट आएको धमलाले जनाए। ‘पूरै शंकास्पदको भने स्वाब परीक्षण गरिनेछ,’ उनले भने।

र्‍यापिड टेस्ट बिधीबाट परीक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ। परीक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ। हाम्रो शरीरमा कुनै भाइरस  प्रवेश गरेपछि शरीरले त्यस्ता संक्रमणसँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ। एण्टिबडीले जिते बिमारी भइँदैन। तर, भाइसरले जिते लक्षण देखिन थालेर विरामी परिन्छ।

आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पूनः नमूना जाँच गरिन्छ। पिसिआर बिधीले नमूना परीक्षण गर्दा ब्यक्तिमा भाइरसको संक्रमण भए नभएको पत्ता लाग्छ।

प्रकाशित: २ वैशाख २०७७ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App