७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘धमनीहरुको अवरोधले मात्रै हुँदैन हृदयघात’

काठमाडौं – एक हजार पच्चीस जना मुटुरोगीहरू माथि गरिएको अध्ययनले चार प्रतिशत मुटुरोगीमा हृदयघात तथा अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनु र सुन्निुले गर्दा हुन्छ।

नेपालको पाँच प्रतिशत जनसंख्यामा गरिएका मुटुरोग सम्बन्धी अध्ययनहरुले धुम्रपान तथा मध्यपानलाई लाखौं नेपालीहरुमा प्रारम्भिक रुपमा हृदयघातको जोखिम बढाउने तत्वका रुपमा देखाएका छन्। आमरुपमा हृदयघात भनिने ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ जीवन जोखीममा पार्ने अवस्थामा मुटुको धड्कन पूर्ण वा आंशिक रुपमा रोकिन्छ। सामान्यतया, मुटुमा रक्तप्रवाह गर्ने धमनीहरुमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरुलाई ‘स्टेन्ट’ र औषधिको प्रयागले उपचार गरिन्छ।

भारतको मेदान्त हस्पिटलका इन्टरभेन्सनल कार्डियालोजी विभाग उपाध्यक्षका इन्टरभेन्सनल कार्डियालोजिस्ट डा. रजनिश कपुरले आफनो नयाँ सोधले नयाँ जानकारी दिएको बताए। उनको अध्ययनका अनुसार ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ का चार प्रतिशत घटनामा कोरोनरी धमनीमा कुनै अवरोध पाइएन। यसकारण, त्यस्ता मुटुरोगीहरुको उपचारमा ‘स्टेन्ट’ को प्रयोग गर्नु नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधिहरु लिनुनपर्ने पनि देखियो।

अध्ययनका लागी डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म एक हजार पच्चिस जना हृदयघात पिडीतको उपचारका रेकर्ड छनाट गरी विश्लेषण गरेका थिए। जसमा ७६% पुरुष मुटुरोगी थिए भने २४% महिला। त्यसैगरी, ३४% ४० वर्ष उमेर मुनिका थिए भने २% ३० वर्ष भन्दा कम उमेरका थिए। जनसांख्यिकीय वर्गिकरणअनुसार अध्ययन गरिएका मुटुरोगीहरुमध्ये ५% नेपाली, ९२% भारतीय र ३% साउदी अरेबीयाली, बङ्लादेशी र श्रीलंकाली थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App