६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

रकम नहुँदा चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या

रकम अभावका चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या अभाव भएको छ। उपचार गर्नुपर्ने कैदीबन्दीको सङ्ख्या धेरै भएपछि बजेटको अभाव भएको कारागार कार्यालय चितवनले जनाएको छ। कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार यहाँ अहिले १२४ जना दीर्घरोगी कैदीबन्दी छन्।  

७४८ कैदीबन्दीमध्ये १२४ जनामा मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्षयरोग, क्यान्सर, मानसिक रोग, एचआईभी एड्स, हेपाटाइटिस सी, थाइराइड, छारेरोग, न्यूरोसम्बन्धी समस्या रहेको आचार्यले बताए। सरकारले कारागार कार्यालयमा कैदीबन्दीको चाप अनुसार उपचार खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा कैदीबन्दी आफैँले उपचार खर्च बेहोर्ने गरेका आचार्यले बताए।

‘अहिलेको बजेटले सरकारी अस्पतालमा उपचार गर्नसक्ने स्थिति छ’, उनले भने, ‘बिरामीलाई भने मेडिकल लकेजमा उपचार गर्नुपर्ने भएकाले कतिपय अवस्थामा कैदीबन्दीले आफैँले उपचार खर्च बेहोर्ने गरेका छन्।’

कारागार प्रमुख खाचार्यका अनुसार गत आर्थिक वर्षमा १३ लाख रुपैयाँ उपचारका लागि विनियोजन भएकोमा अहिले  १० लाख मात्रै विनियोजन भएको छ। यो बजेटले क्यान्सरको बिरामीलाई उपचार गर्न कठिन हुने उनले बताए। अघिल्ला वर्षमा न्यूनतम २५ लाखसम्म उपचारका लागि बजेट विनियोजन हुने गरेको थियो।

बिरामीलाई नियमिति आवश्यक औषधि खरिद तथा सरकारी अस्पतालमा उपचार गर्न बजेट नपुग्ने भन्दै आचार्यले कैदीबन्दी र दातृ संस्थाहरुको सहयोगमा औषधि उपचारको व्यवस्था गरिएको बताए।  अहिलेलाई समस्या नरहेको भन्दै चालु आर्थिक वर्षको मध्यभागदेखि भने रकम अभाव हुने उनले जानकारी दिए।

२५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ७०५ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४३ कैदीबन्दी छन्। उनीहरुसँग आश्रित दुई बालिका र एक जना बालकसमेत रहेका कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २७ भाद्र २०८१ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App