१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अमेरिका जान चाहने चिकित्सकले दिने युएसएमएलईको नेपालस्थित केन्द्र खारेज

अमेरिकाको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) ले नेपालस्थित आफ्नो परीक्षा केन्द्र खारेज गरेको छ।

नेपालस्थित युएसएमएलई परीक्षा केन्द्रमा अनियमितता भएको र परीक्षार्थीहरू असामान्य तरिकाले परीक्षामा सहभागी भएको भन्दै केन्द्र नै खारिज गरिएको हो।

युएसएमएलईले बुधवार सूचना जारी गर्दै नेपालस्थित केन्द्रमा सहभागी हुने अधिकांश परीक्षार्थीले राम्रो अङ्क ल्याएर उत्तीर्ण हुने गरेको पछाडीको कारण पत्ता लगाउन अनुसन्धान गरिएको र त्यसमा अनियमितता भएको पाइएको जनाएको छ।

युएसएमएलई कार्यक्रमले नेपालसँग सम्बन्धित असामान्य परीक्षा प्रदर्शनको ढाँचा पहिचान गरेको तथा परीक्षाको परिणामहरूको वैधतामाथि नै चुनौती उत्पन्न हुने भएको पाइए पछि केन्द्र नै खारेज गरिएको बताएको हो।

युएसएमएलई नेपालबाट अमेरिका जाने चिकित्सकहरूका लागि आवश्यक पर्ने परीक्षा हो। जुन चिकित्सकहरूले अनिवार्य रुपमा उत्तीर्ण गर्नै पर्ने हुन्छ।

नेपालस्थित युएसएमएलईको नेपालस्थित केन्द्र खारेज भएसँगै अब अमेरिका जान चाहने चिकित्सकहरूलाई समस्या हुने भएको छ।

३० वर्षभन्दा बढी समयदेखि युएसएमएलई, इजाजतपत्र प्राप्त चिकित्सकहरूसँग सुरक्षित र प्रभावकारी रूपमा बिरामीहरूको हेरचाह गर्न आवश्यक ज्ञान र क्लिनिकल सीपहरू छन् भनेर सुनिश्चित गर्ने काम गर्दै आएको निकाय हो।

अमेरिकाको फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र नेशनल बोर्ड अफ मेडिकल इक्जामिनर्सद्वारा सञ्चालित युएसएमएलई निकै कठिन जाँच मानिन्छ।

प्रकाशित: १८ माघ २०८० ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App