१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

सरुवा रोग अस्पताल ९० वर्षमा

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ। 

यसको लागि भवन निर्माण कार्य सुरु भएको र अरू आवश्यक पूर्वाधार तथा जनशक्ति संयोजन पछि कार्य अघि बढाइने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले बताए। बुधवार अस्पतालको ९० औ स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। अस्पताल वि।स। १९९० माघ १० गते स्थापना भएको थियो।

देशकै एक मात्र केन्द्रीय सरुवा रोग अस्पतालको क्षमता विस्तार गरी शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी अघि बढिसकेको निर्देशक बसौलाले बताए। देशकै पुरानो र एक मात्र सरुवा रोग अस्पताल भएकोले यहाँबाट सरुवा रोगका विज्ञहरू उत्पादन गर्न र संक्रामक रोगको अनुसन्धानमा काम गर्ने उद्देश्यले शिक्षण कार्यक्रम सुरु गर्न लागेको उनले बताए।

देशमा मेडिकल शिक्षाको अभावमा अहिले पनि नेपाली विद्यार्थी भौतारिरहेको अवस्थामा टेकु अस्पताललार्ई शिक्षण संस्था बनाउने निर्णय सबैको हितमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बताए। टेकु अस्पतालमा शिक्षण कार्यक्रम भएमा यहाँका दक्ष चिकित्सक तथा वरिष्ठ नर्सहरूको लागि अतिरिक्त आर्थिक तथा पेसागत क्षमता उपयोग हुने अवसर मिलेको बताए।

भवन, भौतिक संरचना, जनशक्तिको लागि मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने मन्त्री बस्नेतले बताए। यो कार्यक्रमले अस्पतालमा ऐतिहासिक आयाम थपिने उनले  बताए। नर्सिङ क्षेत्रका जनशक्ति र चिकित्सा क्षेत्रका जनशक्ति छन्,उहाँहरूको लागि अवसर मिल्छ, विद्यार्थीको लागि शिक्षाको लागि अवसर मिल्छ। पुरानो समूहले मेडिकल शिक्षामा पु¥याएको अवरोधसँग जुधेरै चिकित्सा शिक्षा ऐनमा परिमार्जन गर्ने तयारी भएको बताए। मेडिकल शिक्षाको बाटो खोल्न आवश्यक सबै तहमा पहल भइसकेको बताए। नीतिगत परिमार्जन हुने बित्तिकै नेपालमा १ सय शय्याका अस्पतालमा नर्सिङ तथा प्यारामेडिक्स र  ३ सय शय्या भन्दा माथि क्षमता भएका अस्पतालहरूमा चिकित्सा शिक्षा कार्यक्रम लागु गर्ने सरकारको तयारी रहेको बताए।

२०५३ साल माघ ११ गते यो अस्पताल अहिलेको नाममा सञ्चालन भएको हो। यो नाम अघि विभिन्न युनिट र नाम हुँदै यहाँसम्म पुगेको हो। हाल यो अस्पतालमा  १ सय शय्यामा सञ्चालनमा छन्। यो अस्पतालले जटिल संक्रामक रोगहरूमा उपचार तथा अनुसन्धानमा योगदान पु¥याउँदै आएपनि यसको उपलब्धिको चर्चा नभएको अस्पतालले जनाएको छ। ‘ महामारीको बेलामा उत्कृष्ट सेवा प्रवाह गरेको छ, जोखिममा रहेर अस्पतालका स्वास्थ्यकर्मीले बिरामीलाई बचाएका छन्, यसको खासै चर्चा छैन’ अस्पताल विकास समितिका सदस्य डा। चीन बहादुर पुनले भने। 

‘देशभरिको संक्रामक तथा ट्रपिकल रोगको रेफरल अस्पताल हो, कोभिड १९ महामारीमा पनि पहिलो संक्रमितको उपचार यही भएको थियो’उनले भने। कोभिड १९ महामारीमा पु¥याएको योगदान, सर्पदशं, रेबिज विरुद्धको उपचार, एचआइभी विरुद्धको पहिलो र धेरै बिरामीको उपचार, कुष्ठरोग, क्षयरोग लगायतका रोगहरूको उपचार पनि यो अस्पतालको धेरै योगदान रहेको अस्पतालकी नर्सिङ प्रमुख तथा अस्पताल प्रशासक रोशनी टुइँटुइँले बताइन। 

गुणस्तरीय सेवा दिने क्रममा रहेको अस्पतालले दाबी गरेको छ। एक वर्षभित्र सम्पूर्ण बिशिष्टीकृत अस्पतालको न्यूनतम सेवा मापदण्ड सुरु भएको, फार्मेसीको लागि ड्रग थेराप्युटिक समिति, मिडास सफ्टवेयर संचालन, अनलाइन टिकटको हाजिरको व्यवस्था, भीड  व्यवस्थापनको लागि टोकनको व्यवस्थापन गरेको,अनलाइन रिपोर्टिङ सिस्टम लागु भएको जनाइएको छ।

हाल यो अस्पतालमा चौबिस घण्टे नर्सिङ सेवा, चौबिस घण्टा प्रयोगशाला सेवा, भिडियो एक्सरे,एक्सरे,सिटिसक्यान, एकद्धार उपचार सेवा, रेबिज विरुद्धको खोप सेवा, बहिरङ्ग सेवा, स्वास्थ्य बिमा सेवा, विपन्न नागरिकको लागि स्वास्थ्य सेवा लगायतका सेवाहरू उपलब्ध छन्। अस्पतालका कुल शय्या मध्येमा ४० प्रतिशत निःशुल्क शय्या, उपलब्ध छन्। त्यसैगरी ३० शय्या आइसियु, १० वटा क्याबिन, २४ शय्याको आकस्मिक कक्ष सञ्चालनमा छन्। अस्पतालमा विपन्न नागरिकको लागि निःशुल्क उपचार सेवा, ज्येष्ठ नागरिकको हकमा ६० वर्ष माथिकालाई ५० प्रतिशत, ७० वर्ष माथिलाई ७५ प्रतिशत, ८५  वर्ष माथिलाई पूर्ण निःशुल्क सेवा उपलब्ध छन्।

अस्पतालले गत आर्थिक वर्षभित्रमा १ लाख ६ सय १९ जनाले बहिरङ्ग सेवा, ११ हजार ४ सय ४६ जनाले आकस्मिक सेवा, १९ सय ८७ जनाले अन्तरङ्ग सेवा लिएका छन्। त्यसैगरी त्यो मध्येमा प्रति दिन ७५ जनाले एक्सरे,४ सय २५ जनाले प्रति दिन प्रयोगशाला सेवा, एकद्धार स्वास्थ्य प्रणाली सेवा १५ जनाले सेवा लिएका थिए।

अस्पतालको थप व्यवस्थापनको लागि ३ सय शय्याको अस्पतालको लागि मानवीय संसाधन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्ने, ३ सय शय्याको बिशिष्टीकृत सरुवा रोगको नयाँ अस्पताल भवन बन्नु, नयाँ सिटिसक्यान र एमआरआइ राख्नु पर्ने, सरुवा रोग सम्बन्धी शैक्षिक तथा अनुसन्धानात्मक कार्यक्रम संचालन गर्न आवश्यक रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: १० माघ २०८० १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App