१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीरले अक्सिजनको १ करोड बढी पैसा तिर्न बाँकी, कम्पनीले दियो चेतावनी

लामो समयदेखि उधारोमा अक्सिजन आपूर्ति गरेको उधारो पैसा तिर्न नसकेपछि वीर अस्पताललाई ग्याँस कम्पनीले चेतावनी पत्र पठाएको छ।

अक्सिजन आपूर्ति गरिरहेको शंकर अक्सिजन ग्याँस प्रालिले चेतावनी पत्र पठाएको अस्पतालले जनाएको छ।

पत्रमा धेरै रकम वीरले चुक्ता नगर्नुको कारण कम्पनीकै नियमित कर्मचारी तलब, आपूर्ति खर्च, बिजुली तथा अन्य खर्च तिर्न हम्मे परेको जनाएको छ। पत्रमा उल्लेख भए अनुसार अस्पतालले कम्पनीलाई जम्मा १ करोड ८२ लाख ४२ हजार, ३ सय ५१ रुपैयाँ तिर्न बाँकी छ।

अस्पतालमा चालु आर्थिक वर्षमा अक्सिजन , खाद्यान्न र मर्मत सामाग्रीमा आवश्यक बजेट कटौती भएर आएकोले समस्या परेको हो। अस्पतालकै आन्तरिक स्रोतबाट ८० प्रतिशत अस्पतालको तलब भत्तामा खर्च हुन्छ। आवश्यक बजेटको लागि पटक पटक माग गरेको भएपनि अझैसम्म निकास हुन नसकेको अस्पतालका निर्देशक सन्तोष पौडेलले बताए।

प्रकाशित: १२ पुस २०८० ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App