७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भूकम्प प्रभावित जिल्लामा टाइफाइड खोप अभियान

फाइल तस्बिर

भूकम्प प्रभावित जिल्लाहरूमा टाइफाइड खोप अभियान हुने भएको छ। पुषको ७ गतेदेखि २० गतेसम्म भूकम्प प्रभावित जिल्लाहरूमा खोप अभियान चल्ने भएको हो।

स्वास्थ्य सेवा कार्यालय मार्फत कर्णालीका ७ जिल्लामा खोप अभियान चलाइने भएको हो। जाजरकोट, रुकुम (पश्चिम), दैलेख, जुम्ला, सल्यान, कालिकोट र सुर्खेत जिल्लामा खोप अभियान सञ्चालन हुने भएको छ। १६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड खोप दिन लागिएको छ। जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुवेलाको खोप पनि दिने कार्यक्रम रहेको छ।

खोपका कारण बाल र मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले बताए। ‘मृत्युदर घट्नुको प्रमुख कारण विभिन्न किसिमका खोप नै हो।’ खोप अधिकृत रेग्मीले भने, खोपबाट बचाउन सक्ने रोगहरू शुन्य पार्ने लक्ष्य हो।’

भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपान लगायतका कुराहरूबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान ल्याएको हो। टाइफाइड प्रमुख दिसाजन्य बस्तु, फोहोर पानीकै कारण हुने गर्दछ। पछिल्लो समय टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ। दैलेखमा २०४१ सालबाट खोप कार्यक्रम हुँदै आएको छ। नेपालमा १३ वटा रोगको खोप कार्यक्रम हुँदै आएपनि विश्वमा ३० किसिमका खोपहरू रहेको जनाइएको छ।

प्रकाशित: २९ मंसिर २०८० ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App