२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चिलाउनुको कारण र उपचार

यस्तो पनि!

कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ। यतिञ्जेलसम्म यस्तो किन हुन्छ भन्ने कुरा न त चिकित्सक न त अन्य अध्येताले पत्तो पाएका थिए।

पछिल्लो अध्ययनअनुसार एक किसिमको ब्याक्टेरिया स्टाइलोकोकस औरेअसले कन्याउने आगो सल्काउने गरेको पत्ता लगाइएको छ। खासमा यस्तो समस्या भएकाहरूले एकपटक कन्याएपछि यसको सर्को दिमागसम्म पुग्ने र त्यसले चेन रियाक्सन (बारम्बार त्यस्तै गर्न मन लाग्ने) गर्ने वैज्ञानिकहरूले बताएका छन्। यस्तो हुनुमा ब्याक्टेरिया नै जिम्मेवार भएको निधोमा वैज्ञानिकहरू पुगेका हुन्।

एक्जेमा र यस्तै किसिमको छालाको समस्या भएका मानिसहरूमा ब्याक्टेरियाहरू पन्पिने अघिल्ला अध्ययनहरूले देखाएका थिए तर यो पछिल्लो अध्ययनले भने ब्याक्टेरियाहरूको असन्तुलनका कारण यसले खास किसिमको इन्जाइम उत्पन्न गर्ने, त्यसले छालाका प्रोटिनहरूलाई सक्रिय बनाउने र यसले छालामा सकसकाहट उत्पन्न गर्दै दिमागमा खबर पुर्‍याउने गर्छ।

यस्तो समस्या त्यतिञ्जेलसम्म रहिरहन्छ, जबसम्म छालाको माइक्रोबियल इकोसिस्टम पुनर्स्थापित हुँदैन। त्यतिञ्जेलसम्म मान्छेले यति कन्याउँछ कि छर्छरी रगत नै आउन थाल्छ।

यस्तो समस्या भने पहिल्यै उपलब्ध औषधिको प्रयोगले समाधान गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। हार्भर्ड मेडिकल स्कुलका इम्युनोलोजीका प्राध्यापक डा. इसाक चिउले यसबारेमा अध्ययन प्रतिवेदन लेखेका थिए।

उनले भनेका छन्, ‘यसअघि नै यस्तो समस्याका लागि भोरापक्सार जस्ता औषधि उत्पादन भइसकेका छन्। तिनले यो समस्या समाधान गर्न सक्छन्। यसले चिलाई शान्त पार्छ भने प्रयोग गर्न थालेपछि रगत बग्नबाट रोक्ने काम गर्छ।’

प्रकाशित: १० मंसिर २०८० ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App