२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तनहुँमा मात्रै सात हजार डेङ्गी सङ्क्रमित

तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ। केही महिनाअघि फैलिएको डेङ्गी अझै नियन्त्रणमा आउन सकेको छैन।

डेङ्गीका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ। दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेङ्गी सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गीबाट सङ्क्रमित छन्। १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं.२ मा एक हजार तीन सय ९२, वडा नं. ४ मा एक हजार ३७, वडा नं. ३ मा छ सय ५२ तथा वडा नं.५ मा दुई सय ७२ डेङ्गी सङ्क्रमित रहेका छन्।

त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं. ११ मा एक सय ७५, वडा नं. ६ मा ९६, वडा नं. १३ मा ९१, वडा नं. ९ मा ८३, वडा नं.७ मा ७९, वडा नं.१२ मा ७४, वडा नं. १४ मा ३७ र वडा नं. ८ मा १४ डेङ्गी सङ्क्रमित छन्।

चाडपर्वको समयमा डेङ्गी सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए। डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन्।

लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए। चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए। रासस

प्रकाशित: ५ मंसिर २०८० ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App