२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘कार्यस्थलमा आँखालाई माया गरौं’ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित  मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।

अक्टोबर महिनाको दोस्रो बिहिवारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइने गरिन्छ।  

तिलगङ्गा आँखा प्रतिष्ठानका अनुसार कार्यस्थलमा आँखालाई विभिन्न उपाय अपनाएर माया गर्नुपर्छ।  

प्रतिष्ठानले कार्यस्थलमा आँखालाई कसरी माया गर्ने भन्नेबारे सार्वजनिक गरेको सूचना यस प्रकार छः  

–आँखाको तनाव कम गर्नको लागि कार्यस्थल राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्नुहोस्।  

–आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउनुहोस्, आँखा धेरै नै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्नुहोस्।  

–आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्नुहोस्।  

–आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुनुहोस्।  

–आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्नुहोस्।  

–सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडी मर्मतस्थल, मोटरसाईकल–गाडी चलाउँदा, ट्राफिक प्रहरीहरु डिउटिमा रहँदा, आदि) मा काम गर्नुहुन्छ भने सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्नुहोस्।  

–आँखाको स्वास्थ्य कायम राख्नको लागि र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउनुहोस्।  

–आँखा स्वास्थ्यको जाँच गर्न र दृष्टिसम्बन्धी कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नको लागि नेत्र सहयक–अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गर्नुहोस्। 

प्रकाशित: २५ आश्विन २०८० ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App