९ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा तोकियो डेंगु परिक्षणको शुल्क

विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ।

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेर डेंगु परिक्षणको शुल्क तोकेको हो।

सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ। महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरूले डेंगु परिक्षणको शुल्क जथाभावि लिने गरेको पाइए पछि महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेर अधिकतम् ६ सय रुपैयाँ शुल्क तोकेको जानकारी दिए।  

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँ लिएको भन्दै महानगरमा गुनासो आएको थियो। गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन्। महानगर मातहतको  रानी अस्पताल र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।  

प्रकाशित: २२ श्रावण २०८० १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App