२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आठराई त्रिवेणीमा ‘सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम’

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्।

 पोषण तथा सरसफाई कार्यक्रम अन्तर्गत यस्तो प्याकेट प्रदान गर्न थालिएको गाउँपालिकाले जनाएको छ। उपाध्यक्ष आङबुहाङका अनुसार वडा नं १ निघुरादिनबाट सुरु भएको सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम वडा नं ३ फुलवारी हुँदै वडा नं ४ र ५ चाँगे तथा वडा नं ३ हाङपाङमा केन्द्रित हुने छ। सुत्केरीलाई घिउ,अण्डा,चना,मटर सहितका पोषणयुक्त खानेकुराको प्याकेज यो कार्यक्रममार्फत वितरण गरिने छ।

कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सुत्केरी समयमा पोषणयुक्त खाना र आमा तथा बच्चाको स्याहार तथा सफाइका विविध आयाम बारे जानकारी गराउने तथा सुत्केरी समयमा आवश्यक पर्ने पोषणयुक्त खानाको प्याकेट समेत वितरण गर्ने गरी कार्यक्रम राखिएको जानकारी दिए।

सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम आठराई त्रिवेणी गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका सहितका यहाँका प्राय सबै स्थानीय तहमा अभियानकै रुपमा सञ्चालनमा रहेको छ।आठराई त्रिवेणीले यो कार्यक्रमका लागि‘उपाध्यक्षसँग सुत्केरी आमा,स्वास्थ्य सरसफाई साथै पोसिलो खाना’भन्ने नारा तय गरेको छ।

प्रकाशित: २८ असार २०८० ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App