१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैनः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताए। उनले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताए।

उनले भने, ‘यो निर्णय भित्र नपरेका पनि गरी ७७ वटै जिल्लाका निमुखा बिरामीहरु कतै १० प्रतिशत निःशुल्क बेड त्यहाँ पुगिसकेको कारणले उपचार भएन र त्यहाँ कोटा पुगिसकेको छ भनेपनि र अर्को साल, अर्को महिना भन्ने किसिमले कुरा भयो भनेपनि अत्यन्तै गरिव, विपन्न, असहाय, गरिव जसलाई गम्भीर रोग लागेको छ। अफ्ठ्यारो अवस्थामा परेको छ। तिनीहरुको हकमा साँच्चिकै ठूलो समस्या आइलाग्यो भने स्थानीय तहका साथीहरुले हामीलाई सिफारिस गरे उसको जिउ, ज्यान बचाउने काममा हामी सहयोग गर्नेछौँ। यसका लागि जस्तोसुकै अवस्थामा पनि हामी तयार छाँै। विभिन्न कारणले स्वास्थ्य मन्त्रालयकोबजेट कटौति भएको थियो। अझै २० प्रतिशत कटौति छ र पनि यो अफ्ठ्यारो परिस्थितिमा जनतको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिदैनौँ। हामी जनताको उपचार जस्तोसुकै बेलामा पनि गर्नेछौँ।’

मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए।  

प्रकाशित: १५ असार २०८० ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App