७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतद्वारा नेपाललाई २ सय थान मृगौला डायलिसिस मेसिन प्रदान

भारतले नेपाललाई  २ सय थान मृगौला डायलिसिस मेसिन प्रदान गरेको छ। नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।  

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलिसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलिसिसले धेरै हदसम्म समस्या हटाउने बताए। ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्‍याउन सकेमा डायलिसिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोडिभ पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ। नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ।’

मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए।

‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ। यो हाम्रो लागि खुशीको कुरा हो। यहीकारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने ।

प्रकाशित: ८ फाल्गुन २०७९ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App