१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

त्रियुगामा आँखा शिविरमा १०५ जनालाई मोतियाविन्दु देखियो

आँखा शिविर उद्घाटनमा उपमेयरलगायत । तस्बिर: महेश्वर

त्रियुगा नगरपालिकाका २ वडामा सञ्चालित शिविरबाट १ सय ५ जनाको आँखामा मोतियाविन्दु फेला परेको छ । शुक्रबार त्रियुगा २ खैजनपुर र १२ नं. वडा पुरानो गाईघाटमा आयोजित निःशूल्क शिविरमा अढाईसयको आँखा जाँच गर्दा १ सय ५ जनामा मोतियाविन्दु भेटिएको हो ।  

तिलगङ्गा आँखा अस्प्तालको सहयोग र वडा नम्बर २ कार्यालयको आयोजनामा भएको शिविरमा २५२ जनाको आँखा जाँच गरिएको थियो । जसमा ५० जनाको आँखामा मोतियाविन्दु रोग भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए ।  

त्यसैगरि सोही समयमा अर्को टोलीले वडा नं. १२ मा सञ्चालन गरेको शिविरमा ३०४ जनाले आँखा जाँच गरउँदा ५५ जनामा मोतियाविन्दु फेला परेको छ । १२ नं. का वडाध्यक्ष नविनकुमार बान्तवा राईका अनुसार प्राथमिक आँखा उपचार केन्द्र र मदन भण्डारी आँखा अस्पताल गाईघाटमै भए पनि टोलटोलका सर्वसाधारणको आँखा उपचार गर्न शिविर चलाइएको हो ।  

दुवै वडामा आयोजित शिविरको उद्घाटन त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले गरेकी थिईन् । तिलगङ्गा अस्पतालका वरिष्ट आँखा चिकित्सक टोलीले शिविरमा बालबालिकादेखि बृद्धबृद्धासम्मको आँखा जाँज गरेको थियो ।  

शिबिरमा फेला परेका मोतियाविन्दु रोगीहरुको शल्यक्रिया (अप्रेसन) पनि निःशूल्क गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि आउँदो २७ र २८ गते तिलगङ्गा अस्पतालका निर्देशक डा. सन्दुक रुईतले अप्रेसन गर्ने कार्यक्रम तय भएको छ । चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित साविक कोविड अस्पताल परिसरमा गरिने आँखा अप्रेसनका लागि डा. रुईत २६ गते साँझ नै उदयपुर आईपुग्ने कार्यक्रम रहेको पनि सदस्य चौधरीले बताए ।  

प्रकाशित: २५ पुस २०८२ १९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App