११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सान्थाक्रामा नवनिर्मित बर्थिङ सेन्टर सञ्चालनमा

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रामा नवनिर्मित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। १ नं प्रदेश सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर उद्घाटन गरेका छन्।

स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको समुद्घाटन संगै नवनिर्मित भवनबाटै औपचारिक स्वास्थ्य सेवा प्रारम्भ भएको मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले जानकारी दिए। उनका अनुसार भ्याटसहित कूल २ करोड १२ लाख ९० हजार ९ सय ७० रुपैंयाको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको निर्माण भएको हो।

२०७७ साल असोज २९ गते तत्कालिन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेको उपस्थितिमा तत्कालिन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर शिलान्यास गरेका थिए। भवन उद्घाटन संगै स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर बनाउनका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय बल्लुराम श्रेङ चोङवाङ र आगेबहादुर श्रेङ चोङवाङलाई अभिनन्दन समेत गरिएको थियो।

कार्यक्रममा पालिका अध्यक्ष युकहाङबीर(डम्बर)हाङगाम,उपाध्यक्ष दुर्गाप्रसाद चोङवाङ,निवर्तमान अध्यक्ष लिम्बू,मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजेन्द्रप्रसाद नाल्बो,गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी तथा मेरिङदेन गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष केदारजंग लिम्बू समेतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: २६ मंसिर २०७९ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App