८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आधा घट्यो प्रजनन दर

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा प्रजननदर आधा घटेको औंल्याएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्यांक औंल्याएको हो।  

प्रतिवेदनअनुसार हाल नेपालका महिलाको आफ्नो प्रजननकालमा कम्तीमा दुई वटा मात्र सन्तान जन्माउने दर पाइएको छ। दुई दशकको अवधिमा आधाले घटेको हो। सन् १९९६ मा प्रतिमहिला ४.६ जना बच्चा जन्माउँथे भने सन् २०२२ मा २.१ मा झरेको छ।  

प्रतिवेदनअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि उल्लेखनीय कमी आएको छ। सन् १९९६ सम्ममा प्रति १ हजार जीवित जन्ममध्ये १ सय १८ शिशुको मृत्यु हुन्थ्यो भने सो मृत्युदर घटेर हाल प्रति १ हजार जन्ममा ३३ को संख्यामा झरेको छ। यसको अर्थ प्रत्येक ३० जीवित जन्ममा करिब १ बच्चा पाँचौं जन्म दिनभित्र जीवित रहँदैनन्। पछिल्लो चरणमा नेपालमा प्रति १ हजार जीवित जन्ममा २१ मा स्थिर छ।  

त्यसैगरी गर्भवती सेवा लिनेको संख्यामा सुधार हुँदै गएको तथ्यांकले औंल्याएको छ। गर्भवती भएका १० महिलामध्ये ९ जनाले दक्ष सेवा प्रदायक अर्थात् नर्स, डाक्टर, अनमीबाट सेवा पाइरहेका छन्। यो दर सन् १९९६ मा ४ जना गर्भवतीमध्ये एक जनाले मात्र पाउँथे।  

त्यसैगरी सन् १९९६ मा ४ जना गर्भवतीमध्ये १ जनाले चार पटकभन्दा बढी गर्भवती सेवा लिन्थे भने हाल १० जना गर्भवतीमध्ये ८ जनाले चार वा सोभन्दा बढी पटक सेवा लिएको पाइएको छ। यो सेवा दुई दशकअघि १० जनामध्ये १ जनाले मात्र लिन्थे।  

सर्वेक्षणअनुसार सन् २०२२ अघि दुई वर्षको अवधिमा जन्मेकामध्ये ७९ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मेका छन्। यो दर सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मिन्थे। त्यसैगरी ७० प्रतिशत महिला सुत्केरी भएको दुई दिनपछि सुत्केरी जाँच गराउने गरेको पाइएको छ। 

प्रकाशित: २४ मंसिर २०७९ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App