१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

नगरपालिकाको निर्णय नमान्ने दश विद्यालयलाई स्पष्टीकरण

रौतहटको गौर नगरपालिकाले दश संस्थागत विद्यालयलाई स्पष्टीकरण सोधेको छ। नगरपालिकाको निर्णयलाई नमानेको भन्दै स्पष्टीकरण सोधिएको हो।  

मुस्लिम समुदायको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकर इदको अवसरमा नगरपालकाले गत असार २४ मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भए पनि गौरका केही विद्यालयले अटेरी गर्दै आएको छ।  

गौर नगरपालिकाले सूचनाको अवहेलना गर्दै सार्वजनिक विदाको दिनमा पनि विद्यालय संचालन गरी नगर क्षेत्रमा दुई किसिमको नियम लागू रहेको भन्दै अभिभावकको गुनासो आएपछि नगरपालिकाले गौरका सबै विद्यालयको स्थलगत अनुगमन गरेको थियो।  

अनुगमनको क्रममा मित्र मेमोरियल आवासीय मावि, सगरमाथा इंग्लिस स्कुल, ज्ञानज्योति इंग्लिस बोर्डिङ, गजेन्द्र नारायण सिंह सेकेन्ड्री स्कुल, कृष्णामर्सी इंग्लिस स्कुल, प्रभात सेकेन्ड्री बोर्डिङ स्कुल, जनक इंग्लिस स्कुल, सत्य शिशु निकेतन बोर्डिङ स्कुल, नारायणी इंग्लिस बोर्डिङ स्कुल र डिग्नेटी एकेडेमी बोर्डिङ स्कुल संचालनमा रहेको पाइएकोले सबैलाई स्पष्टीकरण सोधिएको हो।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा संस्थागत विद्यालयले स्पष्टीकरण दिनुपर्ने भएको छ।

देशको सबैभन्दा बढी मुस्लिम समुदाय रहेको रौतहटमा राजपुर, वृन्दावन, गरुडा लगायतका नगरपालिकाहरुले २७ मा पनि सार्वजनिक विदा दिएको थियो। सरकारले असार २६ मा एक दिन विदा दिए पनि मुस्लिम समुदायको भावनाको कदर गर्दै केही पालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो।  

 

प्रकाशित: २७ असार २०७९ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App