६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

दरबार स्कुलमा रोबोटिक ल्याबोरेटरी

रानीपोखरीस्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ। विज्ञान–प्रविधिबारे विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै सहज तरिकाले व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त रोबोटिक ल्याबको स्थापना गरिएको हो।

बुधबार काठमाडौं महानगरपाालिकाका मेयर विद्यासुन्दर शाक्य स्कुलमै पुगेर ल्याबको विधिवत् रूपमा सुरुवात गगरेका थिए। दरबार स्कुलमा स्थापना भएको रोबोटिक ल्याबले विद्यार्थीको सिर्जनात्मक क्षमता विकास गरी रमाइलो वातावरणमा खेल्दै रमाउँदै र सिक्दै विज्ञान तथा प्रविधि अध्ययनमा आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे। ‘ल्याबले अब विज्ञान विषय अप्ठ्यारो भन्ने भ्रम दूर गर्छ,’ मेयर शाक्यले भने, ‘बालबालिकाले रमाउँदै खेल्दै अब विज्ञानमा अन्वेषणका विषयवस्तु सिक्नेछन्।’

रोबोटिक ल्याब विद्यालय स्तरमै स्थापना गर्ने सामुदायिक विद्यालयहरूमध्ये दरबार स्कुल पहिलो रहेको काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। उनले महानगरले दरबार स्कुललाई राष्ट्रिय स्तरमै नमुना विद्यालय बनाउने लक्ष्यसहित रोबोटिक ल्याबका लागि आर्थिक स्रोत जुटाएको बताए। महानगरबाट प्राप्त ३८ लाख रूपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २ सय ७५ रूपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९सय १८ रूपैयाँमा रोबोटिक्सका सामग्रीहरू खरिद गरिएका हुन्।

यी सामग्रीको प्रयोग गरेर विद्यार्थीहरूले स्मार्टको नमुनासहित विभिन्न उपकरण बनाएका छन्। उनले महानगरले ल्याबकोलागि मात्र २३ लाख बजेट स्कुललाई दिएको जनाए। उनले काठमाडैंमा ८९ सामुदायिक विद्यालयमध्ये दरबारलाई नमूनाको रूपमा अघि सार्दै बढ्ने जनाए।

ल्याबोरेटरीको अवलोकन गर्न बुधबार उपत्यकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूसमेत दरबार स्कुल पुगेका थिए। त्यहाँ विद्यार्थीले आफूले कक्षाकोठामा अध्ययन गरेका विज्ञान तथा प्रविधिका विषयवस्तुलाई व्यावहारिक रूपमा उतारेर परियोजनामार्फत प्रस्तुत गरेका थिए।

उनीहरूले आफूले अध्ययन गरेका विषयवस्तुलाई व्यवहारमा उतार्न स्मार्ट सिटीको नमुना, स्मार्ट गाउँको नमुना, थ्रिडी प्रिन्टरको प्रयोग, ड्रोन क्यामराका आधारभूत ज्ञानलगायत थुप्रै कार्ययोजना प्रस्तुत गरेका थिए। रोबोटिक ल्याबका शिक्षक तथा रोबोटिक्स एसोसिएसन अफ नेपालका महासचिव ओमकार जयसवालले रोबोटिक ल्याब स्थापना भएपछि विद्यार्थीले विज्ञान, सूचना तथा प्रविधिका विषयवस्तुबारे आधारभूत ज्ञान पाउने बताए।

प्रकाशित: १८ चैत्र २०७८ ००:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App