विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले विराटनगरमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ आयोजना गर्ने भएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपर्टले चैत १५ गते विराटनगर स्थित होटल ह्यारीसनमा शैक्षिक मेला आयोजना गर्ने जनाएको हो।
मेलामा २ वटा शैक्षिक कर्जा दिने बैंकसहित १६ वटा स्टलहरू राखिने छन्। विशेष गरी अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युकेका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिका विराटनगर, इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले जानकारी दिए। मेलामा अष्ट्रेलिया, क्यानाडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष संवाद गर्ने मौका पाउने एक्सपर्ट एजुकेशनका निर्देशक अनुभव दाहालले बताए।
मेलामा विद्यार्थीहरूले अष्ट्रलिया, क्यानाडा, युके र अमेरिकाका कलेजका प्रतिनिधिहरू , एडुकेशन लोन दिने बैंकका प्रतिनिधिहरू, एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्राण्ड एम्बेसडर पारस खड्कासँग पनि सम्बाद गर्न सक्ने जनाइएको छ। एस्पर्टले धनगढीमा चैत ७ गते, नेपालगञ्जमा चैत ८ गते, घोराहीमा चैत ९ गते, वुटवलमा चैत १० गते, पोखरामा चैत १२ गते, नारायणगढमा चैत १३ गते शैक्षिक मेला आयोजना गरिसकेको छ। यस्तै हेटौडामा चैत १४ गते , विराटनगरमा चैत १५ गते, चैत १६ गते विर्तामोड र चैत १८ गते काठमाण्डौंमा मेला आयोजना गर्न लागेको जनाएको छ।
प्रकाशित: १३ चैत्र २०७८ १२:४३ आइतबार