४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सिल्भर माउन्टेन स्कुल अफ होटलले सुरु गर्‍याे कुलिनरी आर्टमा स्नातक डिग्री

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले ब्याचलर इन इन्टरनेशनल कुलिनरी आर्ट(बिआइसिए, (पाक कलामा स्नातक तह) को चार बर्षे डिग्री कार्यक्रम सुरु गरेको छ।

बिआइसिए कार्यक्रम बेलायतको क्वीन मार्गारेट युनिभर्सिटीको सम्बन्धनमा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले संचालन गर्न लागेको हो।

बिआइसिए कार्यक्रम बेलायत र नेपालको शिक्षा मन्त्रालयले स्वीकृत गरेको र त्रिभुवन विश्वविधालयले समेत मान्यता दिएको सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले जानकारी दिएको छ।

यो चार वर्षे डिग्री खाध्य उत्पादनमा स्पेसलाइजेसन गर्न चाहने विद्यार्थीका लागि डिजाइन गरिएको बताइएको छ। यो पाठ्यक्रमले अत्यन्त सफल सेफ, पाक कलाका विज्ञ र यस क्षेत्रका व्यवसायी उत्पादन गर्ने कलेजले दाबी गरेको छ।

यस डिग्रीले पाक कलामा विज्ञता हासिल गराउनुका साथै हस्पिटालिटी क्षेत्रको अनुसन्धान, स्थायित्व, लिडरसिप, र उत्पादनको विषयमा पनि विशेष ज्ञान दिने बताइएको छ।

कलेजका अध्यक्ष समिर थापाले बिआइसिए डिग्री अन्तर्राष्ट्रिय तहको डिग्री भएको बताउदै किफायती शुल्कमा अध्ययन गर्न सकिने बताएका छन्।

 

प्रकाशित: १० फाल्गुन २०७८ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App