७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

विद्यालय हिँडेका विद्यार्थीको हत्केलामा ज्यान

गुलरिया बजारमा विद्यालयको समयमा विद्यार्थी बोकेर स्कुल–घर र घर–स्कुल आवागमन गराउने भे १ ह ५२५ नम्बरको अटो यतिबेला प्रहरीको निगरानीमा छ।

चालकसहित चार जना क्षमता रहेको अटोमा १२ जना बढी अबोध बालिका बाकेको आरोपमा टाफिक प्रहरीले कागज पत्र नियन्त्रण लिएको छ। लामो समयदेखि चर्को शुल्क असुल्ने विद्यालयका गाडीमा यसरी नै निस्सासिएर विद्यालय पुग्ने विद्यार्थीको नियति बनेको खुलेको छ।

प्रहरी कारबाहीमा परेको अटोबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी निरीक्षक नरेन्द्र बहादुर सिंहले बताए। ‘अटो कागज नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘समता स्कुलका विद्यार्थी बोकेका खुलेको छ।’

जिल्लाका अधिकांश निजी विद्यालयले विभिन्न सुविधा दिने नाममा विभिन्न शिर्षकमा चर्को शुल्क असुले पनि विद्यार्थी बोक्दा जबरजस्ती गरिरहेको जताततै देखिएको छ।

स्कुल बसको सुविधा भनेर विद्यालयले अझै अन्य शिर्षकमा भन्दा बढी शुल्क लिने गर्छन्। चर्को शुल्क तिर्ने अभिभावकका बच्चा निस्सासिएर विद्यालय पुग्दा पनि मुख खोल्न नसकेको अभिभावकको गुनासो छ। निजी विद्यालयले दिने सुविधाको नाममा मनोमानी गरिरहेको तथ्य सार्वजनिक भएको छ।

स्कुल बसले दुर्घटना निम्त्याउला कि भनेर आम अभिभावकमा त्रासमा छन्। विद्यालयले सुविधा दिन भन्दै संचालन गरेको बसमा भने विद्यार्थीले ज्यानको बाजी यात्रा गर्नु परिरहेको छ।

ग्रामिण भेगका स्कुलमा रिक्सामै कोचाकोच गरेर विद्यार्थी ओसार्छन् भने सदरमुकाममा बस र रिक्सामै बेरोकटोक  कोचाकोच गरी विद्यार्थी लादेर ओसार्छन्। क्षमताभन्दा बढी विद्यार्थीलाई एकैपटक ओसार्नेमा गुलरिया सदरमुकामका विद्यालयमा जनज्योति, जनमुखी, सनराईजले संचालन गरेका बसमा सिटभन्दा बढी बालबालिका ओसारेको देखिन्छ।

यसैगरि गुलरिया र नेपालगन्ज सडकमा पर्र्ने शुभकामना एकेडेमी, कालिका, रिभर क्युन्स र तिलकानाको एउटा विद्यालयले त्यस्तै गल्ती दोहोइरहेका छन्। ‘विद्यालयका बस दुर्घटना हुँदैनन् र त्यसमा बढी बोक्दा’ अभिभावक राम शंकर बर्माले भने, ‘हामीले गल्ती औंल्याए बच्चालाई गाह्रो हन्छ, सोच मनपर्दी बढेको छ।’

अघिल्लो वर्ष तुल्सीपुर र नेपालगंज गुलरिया सडकखण्ड दुई पटक स्कुल बस दुर्घटना भएको थियो। बस पल्टिएकोे ट्राफिक प्रहरीको रर्कडमा देखाएको छ। सार्वजनिक यातायातमा सँगसँगै बढी बोक्ने सबै बसलाई कारबाही गरिरहेको ट्राफिक प्रमुख सिंहले बताए।

अभिभावकको मौनता कारण बलजफ्ती विद्यार्थी बोकिरहेको शिक्षा शाखाका अधिकृत स्वीकार्छन्। ‘अभिभावक कुरा उठाउँदैन, नियममा चलाउने निकाय चुप छ’ नाम नखोल्ने सर्तमा प्याव्सनका एक सदस्यले भने, ‘सवैले यस सवालमा कुरा उठाए, विद्यार्थीका स्कुल यात्रा सुरक्षित हुन सक्छ।’ 

प्रकाशित: २१ पुस २०७८ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App