२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्यानल बनाएरै भयो विव्यसको निर्वाचन

रौतहटको एउटा विद्यालयमा प्यानल बनाएर विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ। दुई प्यानलमा उठेका उम्मेदवारहरुले चुनाव चिन्हसहित अभिभावक मतदातासित भोट मागेर चुनाव जितेका छन्।

रौतहटको माधवनारायण नगरपालिका ६ स्थित श्री माध्यमिक विद्यालयका अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मतदाता बनेर उम्मेदवारहरुलाई मत खसालेका छन्।

दुई प्यानलमा उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानलको उम्मेदवार पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट बनाइएको संयुक्त प्यानललाई जसपा प्यानलले हराएको छ।

जसपाको तर्फबाट विशाल भण्डारीको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको छ।विजय प्राप्त गरेपछि विजयी प्यानलले खुसीयाली मनाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेका छन्। कुनै ठूलो चुनाव जितेको झल्को गाउँमा देखिएको छ।

विगत केही महिनादेखि विद्यालय व्यवस्थापन समितिको गठनको लागि अभिभावक भेला बोलाउँदा कुनै सहमति हुन सकेको थिएन। पटक पटकको अभिभावक भेलामा सहमति नहुने र विवाद चर्किन थालेपछि अभिभावकहरुको सल्लाह बमोजिम प्रधानाध्यापक राजेशकुमार यादवले मतदानको प्रक्रियामा जाने निर्णय गरेका थिए।

व्यापक सुरक्षाबीच अभिभावकहरुले मतदानको प्रक्रियाबाट विद्यालय व्यवस्थापन समितिको चयन गरेको प्रधानाध्यापक यादवको भनाइ छ।

प्रकाशित: २४ मंसिर २०७८ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App