१४ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

सरकारले माग्यो राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणीका रिक्त कर्मचारीको विवरण

सरकारले देशभरका सबै सरकारी निकायहरुबाट राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणीका रिक्त पदहरुको विवरण माग गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार सबै मन्त्रालय/आयोग/सचिवालय र निकायहरुमा परिपत्र गर्दै रा.प प्रथम र द्धितिय श्रेणीका (प्राविधिक र अप्राविधिक)रिक्तपदहरुको पदपूर्ति गर्ने प्रयोजनका लागि सो विवरण माग गरेको जनाएको छ। परिपत्र अनुसार सबै सबै मन्त्रालय/आयोग/सचिवालय र निकायहरुले रा.प प्रथम र द्धितिय श्रेणीका सबै सेवा,समूह र उपसमूह विवरणहरु छुट्टाछुट्टै पानामा संलग्न गरी नेपाल सरकारको स्वीकृत संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिबेदन अनुरुप रिक्त पल र चालू आवमा रिक्त हुने पदको विवरण पठाउनुपर्ने हुन्छ। 

यसरी विवरण तयार गर्दा राष्ट्रिय किताव खानाको अभिलेखमा रुजु गराइ पछि सम्म फरक नपर्नेगरी आफ्नो सेवा,समूह,उपसमूहका अन्य निकायमा रहेका पदपूर्ति तथा रिक्तको अवस्था समेत एकिन गरी एकिकृत विवरण सहितको माग आकृति फारम १५ भदौ २०७८ भित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नुपर्ने हुन्छ। विवरण भर्दा क्रमसंख्या,सेवा,समूह/उपसमूह,श्रेणी,पद,कूल स्वीकृत दरबन्दी,कार्यरत संख्या,रिक्त संख्या (बढुवा,अवकास र अन्य),जम्मा रिक्त पद,माग संख्या,अवकास,राजीनामा,मृत्यु र कारवाहीमा परी रिक्त हुनेहरुको नाम,थर र मिति उल्लेख गर्नुपर्ने हुन्छ। विवरणका साथ पद रिक्त भएको कारण सम्वन्धी प्रमाणित कागजात (अवकास पत्र,बढुवा/नियुक्ति पत्र,दरबन्दी सृजनाको निर्णय,राजीनामा स्वीकृत पत्र र पद दर्ताको प्रमाणपत्र) अनिवार्य संलग्न गर्नुपर्ने हुन्छ। 

यसका साथै निजामति सेवा ऐन २०४९ को दफा ७ (क) को उपदफा (३) बमोजिम चालू आवमा अवकास तथा बढुवा रिक्त हुने पदको समेत गणना गरी माग फारम पठाउँदा सोको पुष्ट्याइँका आधारमा प्रमाणित गर्ने सम्पूर्ण कागजातहरु समेत संलग्न राख्नुपर्ने हुन्छ। रा.प प्रथम र द्धितिय श्रेणीका (प्राविधिक र अप्राविधिक) रिक्त पदहरुको बिबरण सम्वन्त्रिधत निकायको रा.प बिशिष्ट श्रेणी (सचिव)बाट सेवा,समूह,उपसमूह अनुसार छुट्टाछुट्टै पानामा प्रमाणित गराइ पेश गर्नुपर्ने समेत मन्त्रालयले जनाएको छ। मन्त्रालयले विवरणहरु hrd.moga@gmail.comमा पत्राचार गर्न सकिने समेत जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७८ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App