२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गरेको हो।  

यो वर्ष परीक्षामा ४ लाख ८४ हजार २७८ परीक्षार्थी सहभागी थिए। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरि नतिजा प्रकाशित गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

परीक्षाको नतिजा बोर्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ। २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ।

यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्नसकिने छ।

प्रकाशित: २३ श्रावण २०७८ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App