२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यावारिधी शोधकर्तालाई गाउँपालिकाले दियो छात्रवृत्ति

खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले एक जना विधावारिधी शोधकर्तालाई छात्रवृत्ति प्रदान गरेको हो । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका विधावारिधी शोधकर्ता बिष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।  

गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुशार गत पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति स्वरुप जनही ५५ हजार ५५५ र पिएचडि अध्ययन गर्ने विद्यार्थीलाई जनही १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । उच्च शिक्षा हासिल गर्न चाहने पालिकावासी विद्यार्थीको सहयोग र प्रोत्साहनका लागि छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष राईले बताए । पिएचडि र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड छ ।  

यस्तै, गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरवन्दीका १२ जना शिक्षक छनोट गरेको, आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणका लागि आवश्यक प्रकृया अगाडी बढाइएको जनाएको छ । यस्तै, विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्ते लेखन, फर्निचर निर्माण, सिढीँ तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ । आधारभुत र मावि तह सञ्चालित विद्यालयका छात्रा किशोरीका लागि महिनावारी व्यवस्थापनाका निम्ति सेनेटरी प्याड हस्तान्तरण गर्ने काम सम्पन्न गरिएको अध्यक्ष राईले बताए ।

प्रकाशित: २० वैशाख २०७८ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App