coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

ताप्लेजुङको मैवाखोलामा सुरु भयो पर्यटन अध्यापन

पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको विषयमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायण मावी साँघु बीच समझौता हुँदै, साथमा पर्यटनमन्त्री भट्टराई । तस्बिर : नागरिक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरु गर्ने बताएका छन्। ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मंगलबार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई सुरु गर्ने बताएका हुन्।  

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आवश्यकताको विषय भएको समेत बताए। मन्त्री भट्टराईले ८ हजार मिटर माथिका विश्वका १४ वटा हिमाल मध्ये ८ वटा नेपालमा रहेको बताउँदै हिमाल आरोहण गर्नका लागि वर्षेनी हजारौ मानिस हिमाल चढ्न विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन विषय अध्यापन सुरु गरेको उनले बताए। 

नेपालमा नारायणी मावि पर्यटन तथा पर्वतारोहण विषय पढाइ सुरु गर्ने पहिलो विद्यालय भएको समेत उनले बताए। मंगलबार नै नारायणी माविमा कक्षा ११ र १२ मा अध्यापनको लागि शनिबार सम्झौत्ता पत्रमा हस्ताक्षर भएको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाई बीच सम्झौत्ता पत्रमा हस्ताक्षर भएको हो।  

सम्झौता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने भएको छ। विद्यालयको तर्फबाट पर्यटन तथा पर्वतारोहण विषय कक्षा ११ र १२ मा अध्ययन गराउने, अध्यापनमा संलग्न शिक्षकको ब्यवस्थानपन, पाठ्यक्रका लागि पुस्तकालय लगायतका सामाग्री विद्यालय उपलब्ध गराउने सहमति भएको हो।

प्रकाशित: २५ कार्तिक २०७७ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App