८ वैशाख २०८१ शनिबार
शिक्षा

स्नातकको लाजमर्दो नतिजा

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको भवन। फाइल तस्बिर।

काठमाडाै‌ं– विद्यालयस्तरको परीक्षाको उत्तीर्ण प्रतिशतबारे सधैँ बहस हुन्छ। अझ एसइईको उत्तीर्ण नतिजाबारे राष्ट्रिय बहस नै भयो तर विश्वविद्यालय तहको परिणामबारे भने कहिल्यै बहस हुन्न। जबकि स्नातक र स्ताकोत्तर तहको उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष लाजमर्दो अवस्थामा पुग्न थालेको छ।

विश्वविद्यालय अनुसन्धान, खोज र आविष्कारका प्रमुख स्रोत हुन्। यी क्षेत्रमा कस्ता जनशक्ति उत्पादन भइरहेका छन् भन्ने हेर्न त्रिविको स्तानक र स्नातकोत्तर तहको उत्तीर्ण प्रतिशत हेरे पुग्छ।

तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छन् । नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन् । यस्तै केही विद्यार्थीसँग शुक्रवार साप्ताहिकले कुराकानी गरेको थियो। तर उनीहरु लाजले परिचय खुलाउन तयार भएनन् । 

विद्यार्थीको अनुपस्थिति, विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्धको अभाव, त्रिवि नेतृत्वमा क्षमतावान् मान्छे भन्दा राजनीतिक दलको झण्डा बोकेर हिँडेकाले यस्तो झुर नतिजा आएका प्राध्यापक नेत्रप्रसाद शर्माले बताए ।

रौतहटकी सुस्मिता शर्मा (नाम परिर्वतन) । उनी स्नातक तह पढ्न २०७० मा काठमाडौँ  आइन् । व्यवस्थापन संकाय लिएर शंकरदेव क्याम्पस भर्ना भएकी उनी अहिलेसम्म स्नातक तह उत्तीर्ण भएकी छैनन् । 

पहिलो र दोस्रो वर्ष उनलाई ५ वटै विषयमा ब्याक लाग्यो । तेस्रो वर्ष ३ वटामा अनि चौथो वर्ष २ वटा विषयमा उनी फेल भइन् । उनी नियमित विश्वविद्यालय जान्छिन् तर उत्तीर्ण हुन हम्मे परेको छ । 

०६८ सालमा शंकरदेव क्याम्पसमा स्तानक तहमा भर्ना भएका कास्कीका श्याम गुरुङ (नाम परिर्वतन) का सहपाठीको विश्वविद्यालयको पढाइ सकिसक्यो । उनी भने अहिले पनि स्तानक तहमै छन्।निजी कम्पनीमा मार्केटिङको काम गरिरहेका उनी ब्याक पेपर खेप्दाखेप्दा दिक्क भइसके । पढाइमा ध्यान दिए पनि उत्तीर्ण हुन नसकिएको उनको गुनासो छ।

‘आफूसँगै पढेका साथीहरुले मास्र्टस सकिसके, आफू भने  ब्याचलर उत्तीर्ण हुन पनि सकिएन,’ उनले भने, ‘के–के न गर्छु भनेर काठमाडौँ आएर पढ्न बसेँ तर न त पास नै हुनसकियो न केही गतिलो जागिर नै पाउन सकियो ।’ 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पढ्ने  ५० प्रतिशत बढी विद्यार्थीको  समस्या यस्तै देखियो । त्रिविको  तीन वर्षको परीक्षा नतिजा केलाउँदा व्यवस्थापन, मानविकी र शिक्षा संकायमा विद्यार्थी  उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम  छ।

तथ्याङ्कमा नतिजा

मानविकी ०७४

वर्ष  पास प्रतिशत ०७४ पास प्रतिशत ०७३   पास प्रतिशत ०७२
२९ ३९ ३२
३७ ३८ ३६
४२ ४८ ४७

      
चार वर्षिय  विविएस ०७४

वर्ष  पास प्रतिशत ०७४    पास प्रतिशत ०७३   पास प्रतिशत ०७२
१७ १७ १५
२९ २५ ३०
३० २७  
४७    

   
तीन वर्षिय विएड

वर्ष  पास प्रतिशत ०७४ पास प्रतिशत ०७३    पास प्रतिशत ०७२
२८ २७ २०
३३ २५ २४
३६ ३२ २८

चार वर्षिय विएससी

वर्ष   पास प्रतिशत ०७४ पास प्रतिशत ०७३  पास प्रतिशत ०७२
२४ २४ २५
३१ २८ ३०
६८ ४३ ३०

स्रोतः परीक्षा नियन्त्रक कार्यलय, बल्खु

चार वर्षे बिबिएसमा पहिलो र दोस्रो वर्ष पास हुनेहरु ३० प्रतिशत भन्दा  पनि कम छन् । अन्य फ्याकल्टीको पनि समस्या उस्तै । स्नातक तहको अन्तिम वर्ष प्रायः फ्याकल्टीमा प्रयोगात्मक परीक्षा हुने भएकाले उत्तीर्ण प्रतिशत केही राम्रो देखिए पनि ५० प्रतिशत कट्न सकेको छैन ।

उपल्लो तहको परीक्षाको अवस्था यस्तो लाजमर्दो छ तर जिम्मेवार अधिकारी शैक्षिक प्रणाली र शैक्षिक वातावरण भन्दा विद्यार्थीलाई नै दोष दिन्छन्, यस्तो झुर परिणाममा पनि ।

त्रिवि व्यवस्थापन विभागका डिन डिल्लीराज शर्माले सिम्याट (प्रवेश परीक्षा दिएर पढ्ने) लिएर  सञ्चालन  गरेका अन्य कार्यक्रमको नतिजा ८० प्रतिशतभन्दा बढी पास रेट रहेको दाबी गर्छन् । 

उनले खुला रुपमा हुने पढाइमा भर्ना भएका विद्यार्थीमध्ये २५ देखि ३५ प्रतिशतले सबै परीक्षा नदिने समस्याका कारण उत्तीर्ण प्रतिशत कम देखिएको उनले दाबी गरे । 

राम्रो नतिजा नआउनुमा दोष विद्यार्थीको भएको भन्न हिच्किचाएनन् शर्मा । प्रायः  बिबिएस पढ्नेहरु नियमित क्याम्पस नआउने, पढाइ छाडेर  विदेश जानेजस्ता समस्याले समेत उत्तीर्ण प्रतिशत कम देखिएको शर्माले दोहोर्याए ।

‘नियमित कक्षामा उपस्थित हुने हो भने पनि नतिजामा धेरै सुधार हुनसक्छ,’ शर्माले भने, ‘तर नियमित विश्वविद्यालय आउनेहरुको संख्या निकै कम छ ।’

प्राध्यापक नेत्रप्रसाद सुवेदी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातक तहको नतिजा उत्कृष्ट नआउनुमा तीन कारण देख्छन्। विद्यार्थीको अनुपस्थिति, विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्धको अभाव, त्रिवि नेतृत्वमा क्षमतावान् मान्छे भन्दा राजनीतिक दलको झण्डा बोकेर हिँडेकाले यस्तो झुर नतिजा आएका प्राध्यापक शर्माले बताए ।

‘मैले पढाएको १८ वर्ष भयो,’ उनले भने, ‘भर्ना भएका विद्यार्थीमध्ये ५० प्रतिशत पनि कक्षामा उपस्थित हुँदैनन् । विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्ध नहुनु र प्रश्न सोध्न सक्ने विद्यार्थीको अभावले समेत नतिजा राम्रो हुन सकेको छैन ।’

पढाइभन्दा राजनीति
प्राध्यापक शर्मा विश्वविद्यालयका विद्यार्थीमाझ पढ्ने चाहनाभन्दा पनि  राजनीति गर्ने चाह ज्यादा हुने गरेको बताउँछन् । प्राध्यापक सुवेदी यो रोग विद्यार्थीमा मात्र नभई प्राध्यापकमा पनि उस्तै रहेको बताउँछन् । विश्वविद्यालय गएपछि त जे गरे पनि हुन्छ भन्ने गलत मानसिताको प्रभाव शैक्षिक गुणस्तरमा परेको छ ।

ब्याक पेपर लागे पनि एकै तहको दोस्रो र तेस्रो वर्ष पढ्न पाउने हुँदा अवस्था यति गएगुज्रेको देखिएको हो । विश्वविद्यालयमा पुगेका अधिकांश विद्यार्थी काम पनि गर्ने र पढ्ने पनि हुँदा पढाइमा ज्यादा समय दिन नसक्दा पनि विश्वविद्यालय तहको उत्तीर्ण प्रतिशत दयालाग्दो देखिएको हो ।

प्राध्यापक रवीन्द्र विष्ट उपल्लो शैक्षिक तहको नतिजा राम्रो नहुनुमा प्राध्यापक, विद्यार्थी, राज्य र अभिभावक सबै दोषी रहेको बताउँछन् । 

विद्यार्थीमा सिक्ने उत्कृष्ट चाहना नहुनु, झारा टराइको शिक्षण शैली, शैक्षिक संस्थाप्रति राज्यको बेवास्ता र कलेज गएका सन्तानबारे अभिभावकले चासो नराख्दा नतिजा राम्रो हुन नसकेको उनको विश्लेषण छ ।

प्रकाशित: २४ श्रावण २०७५ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App