१ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

सबै बालबालिकालाई विद्यालयमा ल्याउने योजना

खोटाङ – जिल्ला शिक्षा कार्यालय खोटाङले विद्यालय उमेर समूहका बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पहुँचमा ल्याउनका लागि अभियान थालेको छ। शिक्षा कार्यालयले विद्यालय जाने उमेर पुगेका जुनसुकै बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउनका लागि अभियान चलाउन विद्यालयलाई निर्देशन दिएको हो। विद्यालय शिक्षामा पहुँचको सुनिश्चितताका लागि शिक्षा कार्यालयले विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई विद्यार्थी भर्ना अभियानमा नछुटाउन भनेको छ।

‘शिक्षाबाट कोही वञ्चित नहोऊन्’ भन्ने लक्ष्यका साथ हरेक विद्यालय सेवा क्षेत्रभित्रका उमेर पुगेका तर विद्यालयबाहिर रहेका बालबालिकाको विवरण संकलन गर्नका लागि चैत ७ गते नै स्रोतव्यक्तिलाई निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए। हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाइए पनि ठूलो संख्यामा विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहेको जनगुनासोका आधारमा कार्यालयले हरेक बालबच्चालाई अनिवार्य विद्यालय ल्याउन निर्देशन दिइएको जनाएको छ।

विद्यार्थी भर्ना कार्यक्रम २०७५ लाई प्रभावकारी बनाउन कार्यालयले स्थानीय तहसँगको समन्वय र सहकार्यमा विद्यालय बाहिर रहेका बालबालिकाको वैयक्तिक विवरणसम्बन्धी घरधुरी सर्वेक्षण फाराम भरेर विद्यालयगतरुपमा चैत मसान्तभित्र संकलन गर्र्न÷गराउन निर्देशन दिएको छ। ‘विद्यालयबाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई शिक्षा लिनबाट नछुटाउनका लागि वैयक्तिक विवरण संकलन भइरहेको छ,’ श्रेष्ठले भने, ‘संकलित विवरणको एकएक प्रति स्थानीय तह र शिक्षा कार्यालयमा पेस गरेर अनिवार्य भर्ना गर्न भनेका छौं।’ कार्यालयको निर्देशनअनुसार तीनदेखि चार वर्षका पूर्वप्राथमिक समूह र पाँचदेखि १६ वर्ष उमेर समूहका विद्यालय जाने उमेर समूहका बालबालिकाको वैयक्तिक विवरणसम्बन्धी घरधुरी सर्वेक्षण  भइरहेको शिक्षा कार्यालयले जनाएको छ।

विद्यार्थीको हातहातमा पाठ्यपुस्तक
जिल्ला शिक्षा कार्यालय खोटाङले विद्यालयमा भर्ना भएका विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पु¥याउने व्यवस्थाका लागि विद्यालयलाई निर्देशन दिएको छ। शिक्षाले विद्यार्थी भर्ना अभियानसँगै भर्ना भएका छात्र÷छात्राको हातमा नयाँ सेट पाठ्यपुस्तक पु-याउन निर्देशन दिएको हो। शिक्षाका अनुसार हरेक विद्यालयले स्थानीय तहमार्फत निकासा भएको पाठ्यापुस्तकबापतको रकमबाट चैत मसान्तभित्र कक्षा १ देखि ५ सम्मको रंगीन नयाँ सेट पाठ्यापुस्तक खरिद गर्नुपर्ने भनिएको छ। भर्ना भएका विद्यार्थीको हातहातमा नयाँ सेट पाठ्यपुस्तक पुगे/नपुगेको स्रोतव्यक्तिमार्फत अनुगमन गरिने शिक्षाले जनाएको छ।

पाठ्यपुस्तक अनुगमन समितिले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयबाट माग भए बमोजिमको मात्रामा पाठ्यपुस्तक उपलब्ध गराउन जिल्लाका पाठ्यपुस्तक विक्रेतालाई अनुरोध गर्ने, जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित कक्षा ६ देखि १० तथा निजी मुद्रकबाट मुद्रित कक्षा १ देखि ५ सम्मको अंग्रेजी माध्यमका पाठ्यपुस्तक हालसम्म उपलब्ध नभएको गुनासोलाई सम्बन्धित निकायमा जानकारी गराउने निर्णय गरिएको जिशिअ श्रेष्ठले जनाए।

प्रकाशित: २६ चैत्र २०७४ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App