२ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

होस्टेलमै लागुऔषधको प्रकोप !

काठमाडौंको बुद्धनगरस्थित एक छात्रावासमा गत शुक्रबार दुईजना छात्र चर्पीमा प्रयोग गर्ने चप्पलको निहुँमा झगडा गरे। झगडा यति बढ्यो कि एक छात्रले अर्कोलाई छतबाट तल खसाइदिए। वडा सदस्य सतिश तण्डुकार यो सूचना पाएपछि प्रहरी लिएर छात्रावासमा पुगे। रगतले लतपतिएका ती छात्रलाई अस्पताल पुर्‍याइयो। अर्कोलाई प्रहरीले पक्राउ गर्‍यो।बुद्धनगरमा हरेक शुक्रबार एभरेस्ट होटलअगाडिको गल्लीमा राति अबेर क्लबबाट फर्केने छात्राहरूको लाइन नै हुन्छ। स्थानीयलाई सानो निहुँमा पनि गालीगलौज गर्नसम्म उनीहरूपछि पर्दैनन्।

छात्रावासमा हुने विकृतिबारे काठमाडौं वडा नम्बर १० को कार्यालयमा उजुरी परेपछि वडा सदस्य तण्डुकार अनुगमनमा निस्के। अनुगमनका क्रममा छात्रावासको विकृति देखेर उनी निकै चिन्तित बने । छात्रावासमा विकृत अवस्था देखेर आफू त्रसितसमेत बनेको उनी सुनाउँछन्। वडा सदस्य तण्डुकारका अनुसार बुद्धनगरमा मात्र गल्लीगल्लीमा दुई सयभन्दा बढी छात्रावास छन्।

‘वडामा उजुरी परेपछि म अनुगमनमा गएँ। अनुगमनबाट बुद्धनगरमा मात्र दुई सयको हाराहारीमा छात्राबास रहेको फेला पर्‍यो। छात्राबासका कोठाहरू अनुगमन गर्दा विद्यार्थीले गाँजा, लागुऔषध, मदिराललगायत नसालु तथा मादक पदार्थ सेवन गरेको प्रमाण फेला प¥यो,’ सदस्य तण्डुकारले भने, ‘यति मात्र कहाँ हो र ? राति १२ बजेसम्म एभरेस्ट होटलअगाडिको गल्लीमा क्लबबाट फर्कने छात्राको लाइन हुन्छ। छात्रावासका वार्डेन पैसा कमाउन मात्र खोज्छन्, विद्यार्थीलाई अनुशासन सिकाउँदैनन्।’

उनका अनुसार छात्रावासको क्षमताभन्दा बढी विद्यार्थी राखिएका छन्। उनले भने, ‘खाना पनि स्वस्थकर छैन, बस्ने ठाउँसमेत सुरक्षित छैन। विद्यार्थीलाई सास फेर्नसमेत मुस्किल छ। सानो निहुँमा दुई छात्र झगडा गरे, नसाको झोकमा एकले अर्कालाई छतबाटै खसाइदिए।’ वडा नम्बर १० को छात्राबास संयोजकसमेत रहेका वडा सदस्य तण्डुकारले छात्राबासले विकृति फैलाएको र वडावासीले छात्राबास बन्द गराउन उजुरीसमेत वडा तथा प्रहरीमा दिएको बताए।

शैक्षिक हबको रूपमा परिचित काठमाडौं महानगरपालिकामा ७७ वटै जिल्लाकै विद्यार्थी अध्ययन गर्न आउँछन्। ‘प्लस टु’देखि विश्वविद्यालय शिक्षा अध्ययन र लोकसेवा तयारी गर्न आएका विद्यार्थी छात्राबासमा पनि बस्छन्। अभिभावकले सुरक्षित हुने विश्वासमा आफ्ना सन्तानलाई छात्राबासमा राख्छन्। तर यिनै छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो आएपछि सोमबार महानगरपालिकाले सरोकारवालासँग छलफल गर्‍यो। छलफलमा छात्राबास विकृत बन्दै गएको जानकारी वडा सदस्यले गराए।

छलफलमा बडा सदस्यहरूले छात्राबासमा देखिएका समस्याबारे छात्राबास व्यवस्थापन तथा अनुगमन समितिलाई जानकारी गराएका थिए। क्षमताभन्दा बढी विद्यार्थी राखिएको, आवासीय भवनलाई व्यावसायिक बनाइएको, छात्राबासमा आउजाउ गर्ने समयसमेत नतोकिएको र जो कोही पनी छात्राबासमा आउजाउ गर्ने भएकाले सुरक्षाको जोखिम पनि देखिएको अवगत गराएका थिए।

वडा नम्बर १० को छात्राबास संयोजकसमेत रहेका वडा सदस्य तण्डुकारले छात्राबासले विकृति फैलाएको र वडावासीले छात्राबास बन्द गराउन उजुरीसमेत वडा तथा प्रहरीमा दिएको बताए। शैक्षिक हबको रूपमा परिचित काठमाडौं महानगरपालिकामा ७७ वटै जिल्लाकै विद्यार्थी अध्ययन गर्न आउँछन्। ‘प्लस टु’देखि विश्वविद्यालय शिक्षा अध्ययन र लोकसेवा तयारी गर्न आएका विद्यार्थी छात्राबासमा पनि बस्छन्।

अभिभावकले सुरक्षित हुने विश्वासमा आफ्ना सन्तानलाई छात्राबासमा राख्छन्। तर यिनै छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो आएपछि सोमबार महानगरपालिकाले सरोकारवालासँग छलफल गर्‍यो। छलफलमा छात्राबास विकृत बन्दै गएको जानकारी वडा सदस्यले गराए।

छलफलमा बडा सदस्यहरूले छात्राबासमा देखिएका समस्याबारे छात्राबास व्यवस्थापन तथा अनुगमन समितिलाई जानकारी गराएका थिए। क्षमताभन्दा बढी विद्यार्थी राखिएको, आवासीय भवनलाई व्यावसायिक बनाइएको, छात्राबासमा आउजाउ गर्ने समयसमेत नतोकिएको र जो कोही पनी छात्राबासमा आउजाउ गर्ने भएकाले सुरक्षाको जोखिम पनि देखिएको अवगत गराएका थिए।

‘चारजना बस्न मिल्ने कोठामा कोचाकोच गरी धेरैलाई राखिएको छ । आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ,’ छलफलमा वडा नम्बर १० का सदस्य तण्डुकारले भने, ‘रातको १२ बजेपछि पनि छात्राबासमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ ? किन आउँछ र किन जान्छ ? यसबारे छात्राबास सञ्चालकले कुनै चासो राखेको देखिँएन। यस्ता क्रियाकलापको अनुगमन र नियमन हुनुपर्छ। छात्राबास मापदण्डभित्र सञ्चालन हुनुपर्छ । अनि मात्र हाम्रा विद्यार्थी सुरक्षित बन्छन्।’

छलफलमा वडा नम्बर २९ का सदस्य अनिल श्रेष्ठले पछिलो समय छात्राबासमा विकृति मौलाउँदै गएको र यसले असुरक्षा बढाएको बताए। ‘छात्राबास महंगोमा किनबेच गर्ने विकृति बढेको छ,’ सदस्य श्रेष्ठले भने, ‘घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महंगोमा छात्राबास बिक्री गर्दा पनि विकृति बढ्दै गएको छ। यसलाई तत्काल महानगरले रोक्नुपर्छ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं छात्राबास व्यवस्थापन तथा अनुगमन समिति संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले विभिन्न वडामा रहेका छात्राबासमा गलत क्रियाकलाप हुने गरेकाले अनुगमन गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए। अनुगमन समितिले सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर छात्राबास चलाउन अनुरोध गरेको छ। संयोजक डंगोलले छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो महानगरमा आएकाले सञ्चालकहरूलाई संवेदनशील बन्न अनुरोध गरेको महानगर शिक्षा विभाग प्रमुख गोविन्द शर्माले बताए।

‘छात्राबाससम्बन्धी गुनासाहरू संवेदनशील छन्। महानगर उपप्रमुख एवं छात्राबास व्यवस्थापन तथा अनुगमन समिति संयोजक सुनिता डंगोलले सञ्चालकहरूलाई मापदण्ड पालना गर्न निर्देशन दिनुभएको छ,’ शिक्षा विभाग प्रमुख शर्माले नागरिकसँग भने, ‘हाल काठमाडौंमा सञ्चालित छात्राबासमा करिब ४० हजार विद्यार्थी बस्ने गरेको तथ्यांक छलफलमा आयो। छात्राबास पनि व्यवस्थित नरहेको विषय उठ्यो।

समितिले सञ्चालकहरूलाई छात्राबासमा रहेका विद्यार्थीको यकिन तथ्यांक संकलन गरी महानगरमा बुझाउन निर्देशन दिएको छ।’ उनका अनुसार छात्राबासमा खानपिन, रहनसहन तथा सबै गतिविधिको नियमन समूह बनाएर गर्ने महानगरको तयारी छ। उनले भने, ‘४० हजार विद्यार्थी बस्ने छात्राबासहरूको अवस्था र व्यवस्था तथा त्यहाँ उपलब्ध हुने सुविधाको निगरानी अनिवार्य हुनुपर्छ।’ उनले विद्यार्थीहरूको हितका लागि पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताए।

‘विशेषगरी ९, १०, ११, ३० र ३२ का वडासदस्यहरूले छात्राबासमा विकृति बढेको गुनासो गर्नुभएको छ,’ शिक्षा विभाग प्रमुख शर्माले भने, ‘कतिपय छात्राबास सञ्चालकले करसमेत नतिरेको गुनासो आएको छ। विद्यालय, विश्वविद्यालयमा पढ्नेदेखि लोकसेवा तयारी गर्ने विद्यार्थी छात्राबासमा बस्छन्। यी सबै विद्यार्थीको सुरक्षा प्रमुख विषय हो,’ उनले भने, ‘महानगरले म्यापिङ गरी छात्राबासलाई मापदण्डभित्र ल्याउने छ । राम्रालाई प्रोत्साहन र नराम्रालाई दण्ड सजाय गर्दै जाने महानगरको तयारी छ।’

छलफलमा नेपाल होस्टल एसोसिएसन र होस्टल व्यवसायी संघ नेपालका पदाधिकारीले बहाल कर तिर्नुपर्ने, घर मर्मत सम्भार गर्नुपर्ने, पानीको जोहोलगायत आफैंले गर्नुपर्ने भएकाले आफूहरू व्यावसायिक संकटमा परेको धारणा राखेका थिए।

छात्राबास सञ्चालन मापदण्ड

छात्राबासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थी र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी मापदण्ड जारी गरिएको हो।

प्रकाशित: २३ श्रावण २०८१ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App