राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा ४७. ०८ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी /अनुत्तीर्ण) भएका छन्।
परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन्।
आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन्।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए।
प्रकाशित: १८ श्रावण २०८१ १२:१२ शुक्रबार