१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ:सचिव काफ्ले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रातो पाटी प्लस टु कन्क्लेभका क्रममा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन।उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्ने बारेमा सरकार स्तरमा छलफल चलिरहेको जानकारी गराए।

उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा दिन सके नेपाल अध्ययन गर्ने गन्तव्य स्थलका रुपमा विकास हुने बताए।उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने धारणा राखे।

उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्वविद्यालय सबै मिल्न आवश्यक रहेको बताए संसारमै नभएका कुराहरू रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बन्न सक्ने जिकिर गरे।सचिव काफ्लेले विश्वविद्यालयको शिक्षालाई सक्षमताको कसी र ग्लोबल इस्युमा हेर्न आवश्यक रहेको बताए । 

प्रकाशित: ८ असार २०८१ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App