१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

ताप्लेजुङका दुई पालिकाले बनाए स्थानीय पाठ्यक्रम

ताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँपन दिने प्रयास सुरु गरेका छन्।

आठराई त्रिबेणी गाउँपालिकाले कक्षा १ देखि ८ सम्म एकसय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम सुरु गरेको छ,भने मैवाखोला गाउँपालिकाले पालिकाको शैक्षिक क्षेत्रको मार्गचित्र तयार पार्न वृहत्त शैक्षिक सम्मेलनको आवह्न गरेको छ। 

आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईका अनुसार पालिकाले कक्षा १ देखि ८ सम्म पढाई हुने गरी ‘आठराई त्रिबेणीको सेरोफेरो’कार्यान्वयनमा ल्याएको छ। 

भट्टराईका अनुसार चालू शैक्षिक सत्रबाटै यो पाठ्यक्रम पालिकाभरीका बिद्यालयहरुमा लागु भएको छ। पालिका क्षेत्रको रहनसहन,जीवनशैली,दैनिक जीवनमा प्रयोग हुने बिषय र सन्दर्भ,पालिकाको वस्तुस्थिति बताउने बिषय पाठ्यक्रममा समेटिएको छ। 

बिद्यालयको आधारभूत तहबाटै पालिकाको बिषयमा बालबालिकालाई जानकारी गराई जीवन उपयोगी बनाउन स्थानीय पाठ्यक्रम सुरु गरिएको भट्टराईले बताए। 

तयार पारिएको स्थानीय पाठ्यक्रमको पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले सहित पालिकाका पदाधिकारी तथा सदस्यले बिमोचन गरेका छन्। 

उता,मैवाखोला गाउँपालिकाले पालिकाको शैक्षिक मार्गचित्र तयार पार्न जेठ १८ र १९ गते दुईदिने वृहत्त शैक्षिक सम्मेलन बोलाएको छ। 

पालिका अध्यक्ष बिजयप्रकाश वनेमले पालिकाको शैक्षिक सुधारका लागि नयाँ योजना अघि सार्नेगरी रणनीति तय गर्न शैक्षिक सम्मेलन आयोजना गरिएको बताए। 

उनका अनुसार सम्मेलनमा सामुदायिक बिद्यालय सुधारको क्षेत्रमा कार्यरत शिक्षाविद् र अभियान्ताहरुको उपस्थिति रहने छ। 

प्रकाशित: १ जेष्ठ २०८१ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App