१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

क्याम्पस निर्माणमा श्रेष्ठ परिवारको एक करोड दान

उनीहरू कुनै ठूला उद्यमी होइनन्, कुनै ठूला व्यवसायी पनि हैनन्। तर, मन मनकारी भएपछि ठूलो सहयोग गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन्।

 स्थानीय निर्मला श्रेष्ठको परिवारले स्वर्गीय पति बद्रीकुमार श्रेष्ठ र उनको जेठी श्रीमती बेगमकुमारी श्रेष्ठको स्मृतिमा उक्त सहयोग गरेका हुन्। निर्मला बद्री श्रेष्ठको कान्छी पत्नी र वेगम कुमारीकी आफ्नै बहिनी हुन। सहयोग गर्नेमा छोरा–छोरी र नातिनातिना छन्।

उनीहरूले स्थानीय गल्कोट क्याम्पसमा थप गर्न लागिएको शैक्षिक कार्यक्रमका लागि भवन निर्माण गर्न यतिको ठूलो धनराशि सहयोग गरेका हुन्। परिवारका सदस्यहरूबाट संकलन गरेर श्रेष्ठ परिवारले नगद सहयोग गरेको हो।

गल्कोट बहुमुखी क्याम्पसमा थप गर्न लागिएको स्नाकोत्तर तहमा एमबिए र अरू तहमा आइटी विषयका शैक्षिक कार्यक्रम तथा भवन निर्माणको लागि श्रेष्ठ परिवारले एक करोड दान गरेका हुन्।

यसअघि स्नातक तहसम्मको शैक्षिक कार्यक्रम रहेको यो क्याम्पसमा आगामी वर्षदेखि स्नाकोत्तर तहको पठनपाठन सुरु गर्ने गरी क्याम्पस सञ्चालक समितिले श्रीमद् भागवत शैक्षिक ज्ञान महायज्ञ कार्यक्रम सञ्चालन गरेको थियो।

यो यज्ञमा एक करोड ११ हजार एक सय ११ रूपैयाँ दान गर्ने श्रेष्ठ परिवार पहिलो हुन्। अमेरिका रहेका दुई छोराहरू मदनकुमार श्रेष्ठ र पुष्पमान श्रेष्ठ तथा नेपाली सेनामा कार्यरत कर्णेल डा. विपीन श्रेष्ठ र दिलीपकुमार श्रेष्ठ, बन्दना, पुष्पमान, लक्ष्मी, प्रबन्धक सेनानी लक्ष्मी श्रेष्ठ, सुष्मा श्रेष्ठ, छोरीहरू शान्ति श्रेष्ठ, ज्योति श्रेष्ठ, मेडिना, नातिनीहरू माया, मारविन, विधान, पल्लवी, प्रकति, आरती, भार्गव, आरवी, एरिका, एरोेन निशा, अनिशा, सुसेन, सुवन, मेलोनी, सहिल लगायत मिलेर एक करोड भन्दा बढी रूपैयाँ दान गर्न सफल भएका हुन्।

आमाको आफू सानै हुँदा मृत्यु भएको र बुवाको चार वर्षअघि मृत्यु भएको थियो। बुवाआमाको प्यारो भूमिमा उच्च शिक्षा कार्यक्रम हुने अवसरमा दान गरेको श्रेष्ठका छोरा डा. विपीन श्रेष्ठले बताए।

‘मेरो बुवाआमाको सवै जीवन गल्कोटमै बित्यो, उहाँहरूका लागि गल्कोट असाध्यै प्यारो थियो, त्यो भएर दान गरेका हाै, धेरै भएर हैन,’ उनले भने।

एउटै परिवारले करोड रूपैयाँ दान गरेपछि स्थानीय र क्याम्पस सञ्चालक समिति चकित परेको छ। ‘अहिलेसम्म दान यतिका रकम दान गर्नेमा श्रेष्ठ परिवार हुन्, यतिका ठूलो दान देखेर अचम्म भयो,’ उनले भने।

श्रेष्ठ परिवारले स्वर्गीय पिताले जीवनकालमा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानलाई थप टेवा दिन दान गरेको क्याम्पस सञ्चालक समितिका आर्थिक संयोजक रामप्रसाद शर्माले बताए।

‘मुख्य कुरा स्वर्गीय पिताको सम्मान स्वरूप दान गरेको देखिन्छ,’ उनले भने। यो दानबाट श्रेष्ठ परिवारले भवन निर्माण गर्ने उद्देश्य लिएका छन्। गत फागुनको पहिलो सातादेखि एक सातासम्म जारी रहेको सो महायज्ञबाट ११ करोड ५० लाख संकलन भएको क्याम्पस सञ्चालक समितिले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App