८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर त्रिविले बनायो विश्व कीर्तिमान

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भौतिक उपस्थितमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ।

सोमबार काठमाडौँको दशरथ रंगशालामा आयोजित४९ औं दीक्षान्त समारोहमा सबै भन्दा धेरै सङ्ख्यामा विद्यार्थी तथा अभिभावकको उपस्थित भएको भन्दै आधिकारिक वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो।

यस पटक विश्वविद्यालयबाट कुल ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुने योग्य थिए। जसमध्ये समारोहमा कुल १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी कुल २६ हजार एक सय १६को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्रा.डा शिवलाल भुसालले जनाए।

कार्यक्रम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविले धेरै विद्यार्थी दीक्षित गरी विश्व कीर्तिमान कायम गरेसँगै अब विश्व प्रतिस्पर्धी शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनु पर्ने भन्दै अगामी दिनमा उत्कृष्टताको केन्द्र बन्दै जाने शुभकामना समेत दिए।

प्रकाशित: २ पुस २०८० ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App